जेब्रा क्रसिङ रंग्याउँदै झापा ट्राफिक प्रहरी

झापा एक्सप्रेस , ७८७१  पटक हेरिएको

झापा – जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले बिर्तामोड सडक क्षेत्रमा रहेका जेब्रा क्रसिङ रंग्याउन सुरु गरेको छ । पैदलयात्रीको सहजताकालागि बिर्तामोड नगरपालिकासंग मिलेर जिल्ला ट्राफिक कार्यालयले बिर्तामोड क्षेत्रमा रहेका विभिन्न सडकहरुमा जेब्रा क्रसिङ रंगरोहन गर्न थालेको हो ।

सडक दुर्घटना न्युनिकरणकालागि जेब्राक्रस रंगरोहन सुरु गरिएको कार्यालय प्रमुख प्रहरी निरिक्षक गणेश पौडेलले बताए ।

यस्तै जिल्लाका अन्य स्थानमा पनि यो अभियान क्रमश सञ्चालन गरिने उनको भनाइ छ ।जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका वरिष्ठ नायब निरीक्षक (वरिष्ठ सइ) अर्जुन प्रसाद सोडारीका अनुसार जेब्रा क्रसको संकेत मेटिए पनि ती संकेतको मर्मत र तिनमा रंग नलगांइदा पैदल यात्रुले जथाभावी सडक पार गर्ने गर्दा दुर्घटनाको जोखिम बढेको थियो । तसर्थ यसले अब सवारी दुर्घटना न्यूनिकरण तथा ट्राफिक सचेतनाका लागि सहजता प्रदान गर्ने उनको भनाई छ ।

आज हनुमान कमप्लेक्स अगाडि, मुक्तिचोक पश्चिमपट्टि, शन्चिरेरोड, ट्राफिक कार्यालय अगाडि, मोहनमाया मावि अघि तथा भाटभटेनी मार्केट अघि गरेर ९ स्थानमा जेब्राक्रस निमार्ण गरिएको (वरिष्ठ सइ) सोडारीको भनाई छ । पुरिएका जेब्रा क्रसिङमा सेतो रंग लगाउने काम सम्पन्न भएको हो ।

झापा जिल्लालाई सवारी दुर्घटना मुक्त बनाउने अभियान अन्तर्गत विभिन्न संघ–संस्था तथा विद्यालयहरुसँग मिलेर पनि काम सुरु गरिएको ट्राफिक प्रहरीको भनाई छ ।

प्रकाशित मिति: २०२४-१०-०५ , समय : १९:२३:०३ , १ दिन अगाडि