न्यु स्टार र पूर्व क्षितिज बिजय बन्दै भीम बहादुर देवान फुटबलको पहिलो चरणको खेलहरु सम्पन्न

रोशन काफ्ले , ७१७२  पटक हेरिएको

माईजोगमाई ४ मा ज्योती स्पोर्टिङ क्लबको आयोजनामा जारी भिआरसी भिम बहादुर देवान स्मृति खुल्ला नकआउट फुटबल प्रतियोगिता अन्तर्गत आज पनि दुई खेलहरु सम्पन्न भएको छ । आज भएको पहिलो खेल माईबेनी फुटबल क्लब र न्यु स्टार फुटबल क्लब बिच भएको थियो । न्यु स्टारले माईबेनिलाई १-० गोल अन्तरले पराजित गर्यो ।

त्यस्तै आजै भएको दोस्रो खेलमा पूर्व क्षितिज सोयाङ र मूर्तिडाडा फुटबल क्लब करफोक बिच भएको थियो । करफोकले पहिलो हाफमा अग्रता लिए पनि दोस्रो हाफमा पूर्व क्षितिज खेलमा हावी हुँदा करफोकले अग्रता जोगाउन सकेन । निर्धारित समय १-१ को बराबरी खेलेका दुवै टिमले पुनः पाँच पाँच मिनेट अतिरिक्त समय खेलाउदा पूर्व क्षितिजले खेल सुरुभएको एक मिनेटमै गोल गर्दै २-१ गोल अन्तरले करफोकलाई पराजित गर्दै क्वाटरफाइनलमा आफुलाई सुरक्षित गरेको छ ।

आज बाट पहिलो चरणको सम्पूर्ण खेलहरु सकिएको छ र भोलिबाट क्वाटर फाइनलका खेलहरु सुरु हुदैछ । भोलि पहिलो खेल आयोजक ज्योती स्पोर्टिङ क्लबले सुनौलो फुटबल क्लब माईजोगमाई ४ सँग खेल्दैछ तेस्तै दोस्रो खेल सिजिएफसी चारघरेले लभ्ली युथ क्लब माईजोगमाई २ को सामना गर्ने आयोजक समितिका अध्यक्ष अमित राईले जानकारी दिए

स्वर्गीय भीम बहादुर देवान स्मृति खुल्ला नकआउट फुटबलको फाइनल असोज २४ गते हुनेछ । फाइनल जित्ने टिमले नगद रु सत्तरी हजार , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद रु पचास हजार , ट्रफी मेडल र प्रमाणपत्र प्राप्त गर्ने आयोजकले जानकारी दिएको छ ।

प्रकाशित मिति: २०२४-१०-०५ , समय : २०:२२:४४ , १ दिन अगाडि