झापा एक्सप्रेस , २३५७५ पटक हेरिएको
रेड डेभिल्स नयाँबजार र सिजिएफसी चारघरे भिआरसी भीम बहादुर देवान स्मृति खुल्ला पुरुष फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक ज्योती स्पोर्टिङ क्लबलाई २/० गोल अन्तरले पराजित गर्दै सिजिएफसीले फाइनलमा आफुलाई सुरक्षीत गरेको हो । पहिलो हाफ १ /० गोलले अग्रता लिएको सिजिएफसिका मनिष लिम्बुले गोल गरे भने दोस्रो हाफमा समीर खाजुमले थप १ गोल गर्दै दोब्बरको अग्रता बनायो । थुप्रै गोल गर्ने अवसर पाएको आयोजकले त्यसलाई गोल रक्षक सुजन फागोले बिफल बनाईदिए ।
आजै भएको अन्तिम सेमिफाइनलमा देवान फुटबल क्लब र रेड डेभिल्स नयाँबजारले प्रतिस्पर्धा गरे । केही ढिलो सुरुभएको खेलमा निर्धारित समयमा दुवै टिमले कुनै पनि गोल गर्न नसकेपछी खेलको निर्णय टाइबेकरबाट गरिएको थियो । टाइबे्रकरमा रेड डेभिल्स नयाँबाजर भाग्यमानी सावित भयो । देवान फुटबल क्लबका दुई जना खेलाडीले हानेको पेनाल्टी गोलमा परिणत हुन नसकेपछी ४/२ गोल अन्तरले रेड डेभिल्स नयाँबजार भाग्यमानी सावित भयो ।अब उपाधिको लागि रेड डेभिल्स नयाँबजारले सिजिएफसी चारघरेको सामना गर्ने छ ।
स्वर्गीय भीम बहादुर देवानको स्मृतिमा जारी फुटबल खेल गत असोज १६ गतेबाट संचालन भएको थियो । फाइनल असोज २४ गते हुनेछ । फाइनलको दिन ओएसिस क्लब इलाम र ज्योती स्पोर्टिङ क्लब बिच महिलाहरुको फुटबल खेल समेत संचालन हुने आयोजक समितिका अध्यक्ष अमित राईले बताए । फाइनल खेलको दिन अन्य मनोरञ्जनात्मक खेलहरु समेत रहेको आयोजकले जानकारी दिएको छ । फाइनल जित्ने टिमले नगद रु ७० हजार , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्ने छ भने उपविजेता टिमले नगद रु ५० हजार , आकर्ष ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।
प्रकाशित मिति: २०२४-१०-०८ , समय : २०:२०:४२ , २ महिना अगाडि