असिना पानीले खर्बुजा सँगै किसानको सपना पनि चुटेको छ

झापा एक्सप्रेस , १११९२  पटक हेरिएको

मदरगाछ।झापाको झापा गाउँपालिका-६ कि तुलसादेवी मण्डलले गएको कार्तिक अन्तिम सातामा झापा-७ स्थित कनकाई माईको बगरमा ४ विगाह क्षेत्रफलमा खर्वुजा खेती लगाईन।घर धितो राखेर साहु सँग ऋण काढेर उनले बगरमा खर्वुजा खेती गरेकी थिइन् ।

मनग्गे आम्दानी लिने सपना बोकेर खर्वुजा खेती गर्न तम्सिएकी मण्डलको अहिले मन विचलित बनेको छ।जिविको पार्जनको माध्यम खर्वुजा माथीको बज्रपात सँगै उनकै परिवारमा संकट आइपरेको छ।विद्यालय जाँदै गरेकी १७ वर्षीय छोरीको लालन पालन कसरी गर्ने चिन्ता थपिएको छ।ट्याक्टर लाई जोताएको,औषधि किनेको बाँंकी कसरी तिर्ने सोच्दा पनि उनी भक्कानिन्छिन। उनलाई पीडा थप्ने काम आइतबार अचानक आएको बेमौसमी असिना पानी हो।असिनापानीले उनको सपनाको घर भत्काएको छ।जिविकोपार्जनको स्रोतमै बज्रपात परेको छ।बच्चा जस्तै हुर्काएको खर्वुजा खेती असिनाले चुटेर क्षतविक्षत बनाएको छ।खर्वुजाका बोटहरु कुड्का-कुड्का पारेको छ।फल्दै गरेको बालीमा यसरी क्षती गरेपछी मन विरक्तिएको छ।साहुको ऋण कसरी तिर्ने।घर धितोमा राखेको कसरी उकास्ने मण्डलले भनिन् ।

कनकाई नगरपालिका-५ का दिपक कुमार मण्डलको व्यथा पनि उस्तै छ।झापा-७ को कनकाई माईको बगरमा लगाएको खर्वुजा खेतीलाई असिना पानीले क्षतविक्षत बनाएको छ।उनले यहाँको १० विगाह जग्गा डेढ लाख रुपैयाँमा लिजमा लिएर खर्वुजा खेती गर्दै थिए।सुनचाँदी धितो राखेर केही रकम ३ रुपैयाँ सयकडामा व्याजमा लिएर खेती गर्न हौसिएका दिपकको मन पनि यतिखेर रोएको छ।

कुल लगानी करिव दस लाख भएको उनी बताउछन।महँगो बीउ किनेर,मल पानी गरेर हुर्काइयो जब परिश्रमको फल खाने बेला भयो तब प्राकृतिक प्रकोप असिना पानी आएर हाम्रो सपना उडायो उनले भने।रसायनिक मल पनि नेपालमा नपाएर भारतबाट बोराकै १५०० रुपैयाँ हालेर मल लगाइयो उनले थपे।उनले खर्बुजा राम्रो हुन पाएको भए २०/२२ लाख आम्दानी हुने सपना देखेका थिए।उनको पाँच घर परिवार खर्वुजा खेतीमै आश्रीत छन् । बगरमै सानो घर बनाएर बसेको दिपकको परिवार सबै खर्वुजा खेतीमै जुटेको थिए।अहिले असिना पानीले खर्वुजाका पात सबै चुटेको छ।काँचै भएका खर्वुजा अब नष्टनै हुने हुन् ।पाकेका खर्वुजा पनि घाम लागेपछी भित्र फिज आएर विग्रीन्छन मण्डलले दु:ख पोखे। यस क्षेत्रका यी त प्रतिनिधि किसान मात्र हुन् ।

झापा-२ र झापा -७ का दर्जनौ किसानको करिव दुइसय विगाह भन्दा बढी खर्वुजा खेतीमा आइतबार दिउँसो एक वजे परेको असिना पानीले क्षती पुर्याएको स्थानीय बद्रीप्रसाद प्रसाईले बताए।यहाँका किसानको लाखौँको क्षती भएको छ।भर्खर फल्दै गरेका खर्वुजा र पाक्न लागेका खर्वुजा सबैमा क्षती पुर्याएको छ।खुर्वुजामा असिनाले कुट्नुका साथै लहरालाई कुड्का-कुड्का पारेको छ।

प्रकाशित मिति: २०२२-०४-११ , समय : १९:५८:५९ , ३ वर्ष अगाडि

error: Content is protected !!