झापा एक्सप्रेस , ४११४४ पटक हेरिएको
भिआरसी भीम बहादुर देवान स्मृति खुल्ला पुरुष फुटबलको उपाधी सिजिएफसी चारघरेले जितेको छ ।आज भएको फाइनल खेल रेड डेभिल्स नयाँबजार र सिजिएफसी चारघरे माईजोगमाई ३ बिच भएको थियो ।पहिलो हाफमा २-० गोलले चारघरेले अग्रता बनाएको थियो ।सुगम खजुम र झरन राईले गोल गर्दै पहिलो हाफमा चारघरेलाई अग्रता दिलाएका थिए भने दोस्रो हाफमा ३ गोल गर्दै चारघरेले फराकिलो अन्तर बनायो ।दोस्रो हाफमा नवीन राईले २ गोल गरे भने सबिन मगरले थप १ गोल गर्दै उपाधिमाथी कब्जा गरे । यता रेड डेभिल्स नयाँबजारको तर्फबाट निर्धातिर समयको अन्तिम थम १ मिनेटमा लोकेश निरौलाले सान्त्वना गोल गरे ।
उपाधी जिते सँगै सिजिएफसी चारघरेले नगद रु सत्तरी हजार , आकर्षक ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गर्यो भने उपविजेता बनेको रेड डेभिल्स नयाँबजारले नगद रु पचास हजार , ट्रफी , मेडल र प्रमाणपत्रमा चित्त बुझायो । त्यस्तै सर्वाधिक गोलकर्ता सिजिएफसिका नवीन राई घोषित भए भने उत्कृष्ट गोल रक्षक सिजिएफसिकै निशम दनुवार बने । उत्कृष्ट डिफेन्स सिजिएफसिकै सुजन खजुम बन्दा उत्कृष्ट खेलाडी सिजिएफसिकै विवेक सुनाम बने उनिहरुलाई आकर्षक ट्रफी प्रदान गरिएको थियो । आजै क्लब ओसि इलाम र ज्योती स्पोर्टिङ क्लब बिच महिलाहरुको मैत्रीपूर्ण फुटबल समेत खेलाइएको थियो ।
स्वर्गीय भीम बहादुर देवान भारतीय सेनामा रहदा भारत पाकिस्तान बिचको युद्धमा कार्गिलमा सहादत प्राप्र गरेका थिए , युद्धमा एक्लैले धेरै विपक्षी फौजलाई समेत तहन नहस गरेर विश्व सामू वीर गोर्खालिको छुट्टै पहिचान बनाएका थिए । स्वर्गीय भीम बहादुर देवानलाई मरणोपरान्त भारतीय सेनाले दोस्रो ठूलो उपाधी वीर चक्रले सम्मानित गरेको थियो । उनै देवानको स्मृतिमा उनको परिवारले पहिलो र दोस्रो पुरस्कार रासी सहित सम्झनामा फुटबल खेल आयोजना गरेको थियो ।
गत असोज १६ गतेबाट ज्योती स्पोर्टिङ क्लबको आयोजनामा संचालन भएको फाइनल खेलको समापन अमित राईको अध्यक्षता त्यस्तै इलाम निर्वाचन क्षेत्र नं १ का संघीय सांसद महेश बस्नेतको प्रमुख आतिथ्यता , माईजोगमाई गाउँपालिकाका अध्यक्ष कुश बहादुर थेवेको विशेष आथित्यता , विभिन्न क्षेत्रका अग्रज व्यक्तित्व , समाजसेवी , शिक्षक , खेल क्षेत्रका पदाधिकारी , वडाका जनप्रतिनिधि लगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रकाशित मिति: २०२४-१०-१० , समय : २१:३४:३२ , २ महिना अगाडि