झापा एक्सप्रेस , १२५९४ पटक हेरिएको
शरणामती।झापाको झापा गाउँपालिका-६ शरणामतीमा रहेको श्री न्यू पाथीभरा बचत तथा ऋण सहकारी संस्था लिमिटेडले १७ औं वार्षिक साधारण सभा सम्पन्न गरेको छ ।संस्थाले सुक्रबार यहाँ स्थित सामुदायिक भवनको सभाहलमा साधारण सभा सम्पन्न गरेको हो ।
संस्थाका अध्यक्ष शंखर पाण्डेको अध्यक्षता र गाउँपालिका कार्यबाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा सम्पन्न साधारण सभामा अध्यक्षले संस्थाले तयार गरेको प्रतिवेदन बाचन गरेर सुनाउनु भएको थियो । आ.व २०८०/८१ को असाढ मसान्त सम्मको संस्थाको सम्पत्ती र दायित्व विवरणमा शेयर पुँजी १ करोड ९ लाख ९९ हजार १५० रुपैयाँ ,बचत संकलन ८ करोड १८ लाख ८० हजार ७७६ ,लगानी हिसाब १ करोड १४ लाख ८५ हजार १९२ ,ऋण लगानी ६ करोड ९२ लाख ९ हजार ५७३ ,जगेडा कोस ७४ लाख ८९ हजार ५२४ ,अन्य कोस १६ लाख १८ हजार ८०३ ,नगद मौज्दात ६ लाख २४ हजार ५७० ,बाह्य ऋण २६ लाख २५ हजार ,बैक मौज्दात २६ लाख २५ हजार ,सदस्य बृद्दी ८९ जना ,स्थित सम्पती ३ लाख ९७ हजार ५९९ ,अन्य दायित्व १० लाख ८२ हजार १९४ ,पाउनु पर्ने हिसाब १ लाख ४२ रुपैयाँ ,कुल आम्दानी १ करोड ३९ लाख ७५ हजार ६८६ ,कुल खर्च १ करोड ३७ लाख २४ हजार ४७ रुपैयाँ छ भने खुद नाफा २ लाख ५१ हजार ६३८ रुपैयाँ रहेको छ ।
पाण्डेले प्रतिबेदन मार्फत संस्थाले गरेका कार्यहरु,कर्जा अवधी थप,जन्मदा सहकारी,पर्दा सहकारी र मर्दा सहकारी,तालीम तथा गोष्ठी,शेयर लाभांश तथा संरक्षित पुँजी फिर्ताकोष वितरण,सदस्य कर्जा विमा,शेयर सदस्य तथा कर्मचारी सम्मान,उत्कृष्ट बाल बचत अभिभावक,उत्कृष्ट ऋणी सदस्य,उत्कृष्ट बचतकर्ता लगायतका उपलब्धी मुलक कार्य गरेको बताउनु भयो।
सचिव भविन्द्र भण्डारीले सञ्चालन गरेको साधारण सभामा उपाध्यक्ष महेन्द्र प्रसाईले स्वागत मन्तव्य राख्नु भएको थियो ।
संस्थाको कार्य क्षेत्र झापा गाउँपालिका भरी कायम रहेको छ।संस्थामा अहिले सम्म कूल सदस्य संख्या १८३५ रहेको छ।जसमा महिला ८४६ जना रहेका छन् भने पुरुष ९४१ जना रहेका छ ।संस्थामा कुल कर्मचारी संख्या ७ जना छ।
प्रकाशित मिति: २०२४-१०-२५ , समय : २०:१९:५७ , २ महिना अगाडि