झापा एक्सप्रेस , १२९१० पटक हेरिएको
सिएम शर्मा / कृषि पेशामा अाधारित कृषकहरुलाई प्राविधिककोसल्लाह प्रदान गराई उत्पादन वृद्धि गर्न सहयोग पुगोस् भन्ने उदेश्यका साथ रोटरी क्लब अफ सुरुङ्गा सोमवार समयानुसार अालुको सिजन भएकोले अालु खेती प्रविधि तालिम लिएर झापाको झापा गाँउपालिका पुगेको छ ।
रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष लुवराज उप्रेतीले स्वास्थ्य र शिक्षामा बिषेश जोड दिदै अाएको रोटरी क्लबले यस बर्ष बार्षिक कार्यक्रम वनाएरै बाह्र मैनामा बाह्रै कार्यक्रम गरिने योजना अनुरुप अहिले समुदाय संग जोडिने गरिको कार्यक्रम अन्तर्गत किशानलाई तालिमको अावश्यकता महसुस गरी यो कार्यक्रम तय गरिएको बताउनु भयो । अहिले कृषकहरुको लागी अालुखेतिको समय भएकोले पनि अालु खेती प्रविधि सम्बन्धि प्रशिक्षण कार्यक्रमको अायोजना गरिएको र यस्तै प्रशिक्षण कार्यक्रम अाईतबार कनकाई नगरपालिका ४ का कृषकहरुलाई प्रदान गरिसकेको अध्यक्ष उप्रेतीले जानकारी गराउनु भयो ।
झापा गाँउपालिकाको सहकार्यमा डिल्लीराज माविको सभाहलमा सोमबार भएको प्रशिक्षण कार्यक्रममा बिषेश गरी पालिकाका कृषि समुहका प्रतिनिधि र अगुवा कृषक हरुको सहभागीता रहेको थियोे ।
कृषकहरुलाई अालु खेती प्रविधि सम्बन्धि प्रशिक्षण प्रदान गर्दै अन्तरास्ट्रिय क्षेत्रमा समेत ख्याति कमाईसक्नु भएका युवा बैज्ञानिक प्रसोधन निरौलाले अालु खेतीमा मात्रै नभएर सबै खेतिका लागी महत्त्वपूर्ण कुरा विउ रहेको वताउनु भयो । उहाले अालुका लागी माटो कसरी छनौट गर्ने ? कस्तो माटो छनौट गर्ने ? सिचाइ कहिलेकहिले र कसरी गर्ने ? मल कसरी हाल्ने ? विउ उत्पादन , खान र व्यवसायको लागी कसरी खेती गर्ने ? गोबर मल कस्तो प्रयोग गर्ने ? अालुलाई अावाश्क खाद्य लगायतको सन्तुलन कसरी गर्ने भन्ने जस्ता विषयमा प्रशीक्षण प्रदान गर्नु भएको थियो ।
अालु खेती प्रविधि प्रशिक्षण प्राप्त गरे संगै यहाँका कृषक कृष्णप्रसाद थपलियाले तालिम प्रभावकारी भएको र अव अाफुले पनि व्यवसायीक रुपमा खेती गर्ने सोच बनाएको बताउनु भयो । तेस्तै अर्का कृषक टिका देवि उप्रेतीले प्रशिक्षणबाट कसरी अालु खेती गर्ने भन्ने ज्ञान भएको र अाफुले जानेको ज्ञान छिमेकीलाई समेत प्रदान गर्ने बताउनु भयो । कृषक पुष्पा उप्रेती , बाबुराम भट्टराईले अालुको सिजनमा अालु खेती तालिम समय सापेक्ष र लाभदायी भएको बताउनु भयो । तेस्तै अर्का कृषक कुमार मैनालीले अाफुले गर्दै अाएको अालु खेती कसरी अझ उत्पादनमूलक बनाउने भन्ने ज्ञान प्राप्त भएको भन्दै तालिम उपलब्धि मुलक भएको वताउनु भयो ।
तालिममा अाफ्ना अनुभव सुनाउदै कृषक ईश्वरी दाहालले झापा गाँउपालिकाको माटो प्रशिक्षक निरौला भने अनुसारको भएको र तालिममा पाएको ज्ञान अनुसार खेती गर्दा अालु उत्पादन अधिक हुने भन्दै स्थानीय सरकारको सपोर्ट अावाश्यक रहेको वताउनु भयो ।
कार्यक्रममा सम्बोधन गर्दै कार्यक्रमका प्रमुख अतिथि झापा गाँउपालिकाका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाले झापा गाँउपालिकाले अाफ्नै बुतामा गर्न नसकी रहेको कार्यक्रमलाई रोटरी क्लबले अायोजना गरेर कसरी अालु उत्पादनमा पालिकालाई अगाडि बडाउन सकिन्छ र यहाका कृषकलाई व्यवसायीक बनाउन सकिन्छ भनेर तालिम प्रदान गरेकोमा धन्यवाद ज्ञापन गर्नु भयो ।
तेस्तै पालिकाका कृषि तथा पशु शाखा प्रमुख जगत नारायण मण्डलले अालुको सिजनलाई साथ दिई किसानहरूलाई चाहिने सिप प्रदान गर्दै परम्परागत खेति प्रणालीलाई विकास गर्न पुर्याउनु भएको सहयोग प्रति अाभार ब्यक्त गर्दै अायोजक रोटरी क्लब अफ सुरुङ्ालाई धन्यवाद ज्ञापन गर्नु भयो ।
कार्यक्रममा झापा गाउँपालिका वडा नं. २ का वडा अध्यक्ष हिमाल चौलागाईं रोटरी डिस्ट्रिक ३२९२ रिजन ७ का एसिस्टेन गभर्नर कुमारमणी पोखरेल , झापा गाउँपालिका कृषि अधिकृत समिक्षा उप्रेती , पशु अधिकृत शर्मिला बर्देवा , डिल्लिराज मावि झापाका पुर्व प्रअ सुन्दरलाल गणेश लगायतको अातिथ्यता रहेको थियो भने रोटरी क्लब अफ सुरुङ्गाका पुर्व अध्यक्ष टिका जम्मर कट्टेल , कानुनि सल्लाहकार मेनुका शिवाकोटी , प्रेसिडेन्ट नोमीनी अर्जुन वोहोरा लगायतको उपस्थित रहेको थियोे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत क्लबका प्रेसिडेन्ट ईलेक्ट डिल्लीराम मैनालीले गर्नु भएको थियो भने सञ्चालन सचिव सोमनाथ उप्रेतीले गर्नु भएको थियोे ।
प्रकाशित मिति: २०२४-१०-२९ , समय : १०:०७:५६ , २ महिना अगाडि