वक्तृत्वकला प्रतियोगिता गर्दै सुरुङ्गा जेसीज

झापा एक्सप्रेस , ९५३९  पटक हेरिएको

सिएम शर्मा / लागु पद्धार्थ दुर्व्यसन सम्बन्धि कार्यक्रमलाई प्राथमिकतामा राखेर गत कार्तिक ५ गते कनकाई माविको सभाहलमा सचेतनामुलक कार्यक्रम गर्दै उद्घाटन भएको सुरुङ्गा जेसीजको जेसीज सप्ताह २०२४ सम्पन्न भएको छ ।

सुरुङ्गा जेसीज बर्ष २०२४ का अध्यक्ष दुर्गा पाठक (राजु) को अध्यक्षता तथा कनकाई नगर उप प्रमुख अाशा शर्मा शिवाकोटीको अध्यक्षतामा मंगलबार जेसीजको सभाहलमा ” लागु पद्धार्थ मुक्त समाज निर्माणमा हाम्रो अभियान” विषयमा अन्तर बिद्यालय वक्तृत्वकला प्रतियोगिता गर्दै सप्ताह कार्यक्रम समापन भएको हो ।

यस बिचमा सुरुङ्गा जेसीजले जेसिज सप्ताह अन्तर्गत रहेर कनकाई नगर भित्रका बिद्यालयहरु कनकाई मावि सुरुङ्गा , चम्फापुर मावि चम्फापुर , अादर्श मावि घैलाडुब्बा र हिमालि मावि लक्ष्मीपुरमा लागु पद्धार्थ दुर्व्यसन सम्बन्धि सचेतनामुलक कार्यक्रम गरिएको जेसीज सप्ताह कार्यक्रमका संयोजक कीशोर दाहालले जानकारी गराउनु भयो । उक्त कार्यक्रममा प्रशिक्षक अर्बिट कडरियाले सचेतना मुलक प्रशिक्षण प्रदान गर्नु भएको थियो ।

कार्यक्रममा जेसीज अध्यक्ष पाठकले यस बर्षको सप्ताह कार्यक्रममा यस अघि जेसीजले लगाएको पुराणको उदेश्य अनुरुप लागु पद्धार्थ दुर्व्यसन सम्बन्धि सचेतनामुलक कार्यक्रमलाई प्राथमिकतामा राखेर कार्यक्रम गरिएको बताउनु भयो ।

कार्यक्रममा मन्तव्य राख्दै कार्यक्रमका प्रमुख अतिथि कनकाई नगरपालिकाका उपप्रमुख अाशा शर्मा शिवाकोटीले कनकाई नगर पालिकाले नगर क्षेत्रमा सुर्तीजन्य पदार्थ विक्रिवितरणमा रोक लगाई रहदा यहाँ स्थित सबै संघ संस्थाको सक्रिय सहयोग भएको भए अहिले सम्मामा नगरमा सुर्तीजन्य पदार्थ विक्रिवितरण शुन्य हुने थियो तर यसो हुन नसकेको गुनासो गर्दै सुरङ्गा जेसीजले नगरको अभियानलाई सुरवाती चरणबाटै साथ दिदै अाएकोमा धन्यवाद ज्ञापन गर्नु भयो । उहाले सुरङ्गा जेसीजले जस्तै सबै संघसंस्थाले लागुपदार्थ बिषयमा सचेतनामुलक कार्यक्रम ल्याउन सके यसको न्युनिकरणमा थप टेवा पुग्ने पनि वताउनु भयो । बिद्यार्थीलाई अाफ्नो ज्ञान प्रस्तुत गर्नेमौका दिनुका साथै स्वास्थ्य सम्बन्धि जिम्मेवारी बन्न सहयोग गर्ने गरी जेसीजले अायोजना गरेको वक्तृत्वकला कार्यक्रम महत्त्वपूर्ण रहेको पनि प्रमुख अतिथि शिवाकोटीले वताउनु भयो ।

सामुदायिक तथा निजी बिद्यालयका १७ बिद्यालयको सहभागीता रहेको “लागु पद्धार्थ मुक्त समाज निर्माणमा हाम्रो अभियान” विषयक वक्तृत्वकला प्रतियोगितामा हरिकुल माविको छात्रा प्राप्ति शिवाकोटी प्रथम हुदै नगद ५ हजार सहित मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भयो , तेस्तै झापा मेरिगोल्ड माविको छात्रा श्रष्टा तिम्सिना द्वितीय हुदै नगद ३ हजार सहित मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्नु भयो भने प्यारागन एकेडेमीकी छात्रा कृतिषा रेग्मी तृतीय हुदै नगद २ हजार सहित मेडल , ट्रफी र प्रमाणपत्र प्राप्त गर्नुभयो । उहाहरुलाई कार्यक्रमको प्रमुख अतिथि शिवाकोटी , अध्यक्ष पाठक , कार्यक्रम संयोजक सोहन उप्रेतीले लगायतले पुरस्कार वितरण गर्नु भएको थियोे ।

प्रतियोगिताको निर्णायक मण्डलमा जनता माविका शिक्षक टिकाप्रसाद जम्मरकट्टेल , सरस्वती माविका शिक्षक सुर्य प्रसाद अधिकारी र वालनिकुञ बिद्यालयको शिक्षक विनीता पौडेल रहनु भएको थियोे ।

कार्यक्रममा सुरुङ्गा जेसीजका पुर्व अध्यक्षहरु शिव कडेल , यदुका उप्रेती (उषा ), शुस्मा न्यौपाने प्रतियोगितामा सहभागी बिद्यालयका शीकक मध्येबाट अादर्श मावी घैलाडुब्बाका शिक्षक शुशिल श्रेष्ठ लगायतले शुभकामना मन्तव्य राख्नुभएको थियो भने पशुपति माविकी छात्र लक्षरुपी लिम्बूले देउसी खेलाउनु भएको थियोे तेस्तै शिक्षक शुशिल श्रेष्ठले गित प्रस्तुत गर्नुभएको कार्यक्रममा सिएम शर्माबाट गजल प्रस्तुत भएको थियो ।

कार्यक्रममा सुरुङ्गा जेसीजका पुर्व अध्यक्ष कुमारमणी पोखरेल , त्रिलोचन उप्रेती , शिवसतासी जेसीजका ईलेक्ट भाईस प्रेसिडेन्ट पदम कुवँर , तिम्सिना ट्रेडर्स सुरुङ्गाका प्रोपाईटर रुची तिम्सिना , प्रतियोगितामा सहभागी बिद्यालयका शिक्षक प्रतिनिधि लगायतको अातिथ्यता रहेको थियोे ।

कार्यक्रममा उपस्थित सबैलाई स्वागत कार्यक्रम संयोजक सोहन उप्रेतीले गर्नुभएको थियोे । जेसीज अास्था वाचन सुरुङ्गा जेसीजका संचार संयोजक जेनिस चौलागाईंले गर्नु भएको थियो भने सञ्चालन सुरङ्गा जेसीजका महासचिव रिसव सिंह चहारले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२४-१०-३० , समय : ०८:५८:२२ , २ महिना अगाडि