कनकाई वार्डस्तरीय फुटबल प्रतियोगिताको उपाधि कनकाई ३ लाई

झापा एक्सप्रेस , ८६८२  पटक हेरिएको

कनकाई-होटल डिलाईट र अमेरिकी भुतपुर्व सैनिक आशिस संग्रौलाद्धारा यहाँस्थित सुरुङ्गामा आयोजित कनकाई वार्डस्तरीय दसैतिहार कप फुटबल प्रतियोगिताको उपाधि कनकाई ३ ले जितेको छ ।

बुधबार सम्पन्न फाईनल खेलमा ३ नम्बरले ५ लाई १—० गोल अन्तरले पराजित गर्दै उपाधि जितेको हो । उपाधि सगै कनकाई ३ ले सबैभन्दा ठुलो धनराशीको वार्डस्तरीय फुटबलको उपाधि रक्षा गरेको हो । ३ नम्बरले उपाधिसगै नगद ७१ हजार रुपैँया प्राप्त गर्यो भने उपबिजयी हुने टिम ५ नम्बरले नगद ३५ हजारमा चित्त बुझायो ।

कनकाई ३ को लागि छितिज कुँबर नायक बने ,खेलका सबै खेलमा म्यान अफ द म्याच बन्न सफल कुँवरले आफ्नो टिमका लागि खेलको १९ औ मिनेटमा सुन्दर गोल गर्दै टिमलाई बिजयी बनाए । कुँबले छातीले वल रोक्दै अगाडि बढाएर सोझै गोलपोस्टमा वल छिराउनुभएको थियो । छितिज हिजोको खेलको पनि म्यान अफ द म्याच हुदै नगद १५ सय प्राप्त गर्नुभयो ।

बिजयी हुने टिम तथा उपबिजयी हुने दुबै टिमलाई कार्यक्रमका प्रमुख अतिथि झापा क्षेत्र नम्बर ४ का सांंसद एलपीसाँबा लिम्बु, प्रदेश सांसद राधाकृष्ण खनाल, कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रप्रसाद पोखरेल, उपप्रमुख आशाशर्मा शिवाकोटी , संविधानसभा सदस्य अम्बिका राजवंशी, कनकाई ३ का वडाअध्यक्ष युवराज चम्लगाई, आयोजक समितिका ख्याम ओली, आशिस संग्रौला, नविन सुवेदी, लगायातले नगद र ट्रफि प्रदान गर्नुभयो ।

यसैगरि यस खेलमा विधागत तर्फको सर्वोकृष्ट खेलाडी कनकाई ३ का आदित्य बाँनिया हुनभयो । उहाँले नगद ५ हजार प्राप्त गर्नुभयो । यसैगरि हाईस्कोरकर्ताका रुपमा कनकाई ५ का रोचन लिम्बु हुदै उहाँले समेत नगद ५ हजार रुपैँया प्राप्त गर्नुभयो । यसैगरि उत्कृष्ट गोलकिपर कनकाई ३ का विवेक वाग्ले र उत्कृष्ट डिफेन्डर कनकाई ३ कै विशाल र्मुर्मु हुदै नगद ५ हजार प्राप्त गर्नुभयो ।

कनकाई नगरपालिका क्षेत्रबाट खेल खेलेर हाल राष्ट्रिय टिमबाट प्रतिनिधित्व गरिरहने परुष फुटबलका राष्ट्रिय खेलाडी रोहन कार्की र महिला तर्फकी खेलाडी सिम्रन राईलाई समेत नगद ५ हजार सहित सम्मान गरिएको थियो ।

कनकाई माविको खेल मैदानमा यहि कार्तिक ९ गतेदेखि १४ गतेसम्म सञ्चालन भएको प्रतियोगितालाई होटल डिलाईट र भुतपुर्व अमेरिकी सैनिक आशिस संग्रौलाले आयोजना गर्नुभएको हो ।

प्रकाशित मिति: २०२४-१०-३१ , समय : ०८:०५:५१ , १ महिना अगाडि