झापा गाउँपालिका तीन स्थानमा मोटरसाइकल दुर्घटना

झापा एक्सप्रेस , ५५४४९  पटक हेरिएको

झापा एक्सप्रेस,कार्तिक १७ ।झापाको झापा गाउँपालिकामा १५ र १६ गते तीन स्थानमा मोटरसाईकल दुर्घटना भएको छ।

हिजो शुक्रबार बेलुका अन्दाजी ६.३० बजेको समयमा झापा-६ को किराँत चौकमा पैदलयात्री ४० वर्षीय कमानसिंह लिङ्खा र ७ वर्षीय उनकै छोरा अस्मिन लिङ्खालाई मोटरसाइकलले ठक्कर दिएको प्रहरीले जनाएको छ।सुरुङ्गा बाट झापा बजार तिर आइरहेको मे ७ प ५७५९ नम्बरको मोटरसाईकलले ठक्कर दिएको थियो।ठक्करबाट कमानसिंह लिङ्खाको टाउको र अनुहारमा चोट लागेको छ।उनको अबस्था मध्यम छ।उनका छोरा अस्मिनको भने अबस्था गम्भीर रहेको बताइएको छ।उनको पनी टाउको र अनुहारमा चोट लागेको छ।दुबै जना घाइतेको उपचार बिएण्ड्सी अस्पताल बिर्तामोडमा उपचार भैरहेको छ।

यता मोटरसाइकल चालक झापा -४ लसुना बस्ने २५ बर्षीय सुरज प्रसाद गणेशको दुबै हात र दुबै खुट्टामा चोट लागेको छ।सोही मोटरसाइकलमा सवार २३ वर्षीय संजित कुमार गणेश भने शकुसल रहेका छन् ।निजको मोटरसाइकल नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।

त्यस्तै १५ गते बिहिबार एकै दिन दुई स्थानमा मोटरसाइकल दुर्घटना भएको छ।बेलुका अन्दाजी ५ बजे झापा -३ कामाटोली बजारबाट सिमलबारी जाने सडकको गैरिगाउँमा प्र .१.०२.०४८ प ८५०७ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको छ।दुर्घटना हुँदा चालक सोही ठाउं बस्ने २१ वर्ष पर्वत रसायली घाइते भएका छन् ।उनको टाउको र अनुहारमा चोट लागेको छ।अबस्था मध्यम रहेको छ।

त्यस्तै सोही दिन बिहिबारनै झापा-६ शरणामतीमा अर्को मोटरसाइकल दुर्घटना भएको छ।झापा बजार सुरुङ्गा सडक खण्ड शरणामतीमा मे २ प २६१९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भइ दुर्घटना भएको हो।

दुर्घटनाबाट चालक तेह्रथुम युवादिन -२ ढोडेनी बस्ने अन्दाजी २४ वर्षीय बिबेक माझी गम्भीर घाइते भएका छन,।उनको टाउको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ।त्यस्तै सोही मोटरसाइकलमा सवार झापा हल्दिबारी -२ का ३२ वर्षीय राजेश माझीको भने अनुहार र बायाँ कुममा चोट लागेको छ भने अबस्था सामान्य रहेको छ।पछाडी सवार अर्का व्याक्ती झापा अर्जुनधारा-५ बस्ने २० वर्षीय ज्ञानु राईको पनि अबस्था सामान्य रहेको छ।उनीहरु तिनै जनालाई दुर्घटनाकै दिन ओमसाई अस्पताल भद्रपुर उपचार भैरहेको छ।

प्रकाशित मिति: २०२४-११-०२ , समय : ०८:५६:०७ , १ महिना अगाडि