झापा एक्सप्रेस , १९५३६ पटक हेरिएको
शरणामती।जोरमाई युवा क्लबको आयोजनामा झापाको झापा गाउँपालिका-२ सडकबारीमा जारी खुल्ला नकाउट फुटबल प्रतियोगितामा गेर बाबा एफसी अर्जुनधारा ५ विजयी बनेको छ।
सडकबारीमा रहेको क्लबको खेल मैदानमा आज शनिबार भएको खेलमा ४-० को फराकिलो गोलान्तरले नागरिक स्पोर्ट्स एकाडेमी गोैरादहलाई हराउँदै गेर बाबा एफसीले जित सुनिश्चित गरेको हो।खेल शु्रु भएको २ मिनेटमै जर्सी नं. ३२ का अंकित लिम्बूले गेरबाबाका लागि पहिलो गोल गरेका थिए । त्यस्तै जर्सी नं. १९ का वुद्ध चौधरीले दोस्रो हाफको १५ र २५ औं मिनेटमा दुई गोल गरेका थिए । यसैगरी गेरबाबाकै जर्सी नं १० का संजय धिमालले २९ औं मिनेटमा गोल गरी टिमलाई विजयी गराएका हुन् ।आजको खेलको म्यान अफ द म्याच दुई गोल गर्ने गेरबाबाका बुद्ध चौधरी घोषित भए ।
गेर बाबाले अन्तिम चारमा स्थान सुरक्षित गरे संगै सेमीफाइनल खेलमा राजगढ़ फुटबल क्लबसंग भेट पक्का गरेको छ .उनीहरुको भिडन्त २० गते मंगलबार हुनेछ .
आजको खेल संगै क्वाटर फाइनल खेलको समीकरण पुरा भएको छ . पर्सि सोमबार दिउँसो १२ बजे सेमिफाइनलको पहिलो खेल आयोजक र गतिशील युवा क्लब बिच हुने आयोजक समितिका सचिव नवराज बस्नेतले बताउनुभयो ।
प्रतियोगितामा प्रथम हुने विजेता समुहले नगद रु ६५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन् ।त्यस्तै उपविजेता समूहले नगद ३५ हजार सहित ट्रर्फी,मेडल र प्रमाणपत्र पाउनेछन् ।उत्कृष्ट खेलाडीले नगद ५ हजार ,सर्वाधिक गोलकर्ता ,उत्कृस्ट गोलरक्षक ,उत्कृस्ट डीफेन्डरले जनही ३ हजार सहित मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष हेमकुमार राजबंशीले बताउनु भयो ।
प्रकाशित मिति: २०२४-११-०३ , समय : ११:०८:१२ , २ महिना अगाडि