झापा एक्सप्रेस , १७७८०८ पटक हेरिएको
शरणामती – झापाको कनकाई नगरपालिका –५ स्थित चप्रामारीको भित्री सडकमा मोटरसाइकलको ठक्करबाट स्थानीय एक वालकको घटनास्थलमै मृत्यु भएको छ ।
आज सोमवार विहान १०ः४० बजे उत्तरबाट दक्षिणतर्फ गइरहेको मे ११ प ३३८ नम्बरको मोटरसाइकलले बाटोमा खेल्दै गरेको स्थानीय विनोद पाठकको ६ बर्षिय छोरा सोहन पाठकलाई ठक्कर दिँदा बालकको घटनास्थलमै मृत्यु भएको छ ।
ठक्कर दिने मोटरसाइकल चालक सोही स्थानमा बस्ने बर्ष २६ को आजात आलम मोटरसाइकल छाडेर फरार भएका छन् । उनको खोजी कार्य तीब्र बनाइएको इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रहरी प्रमुख प्रहरी नायव निरीक्षक किरण मोक्तानले बताउनुभयो ।
प्रकाशित मिति: २०२४-११-०४ , समय : १७:०७:३६ , १ महिना अगाडि