झापा एक्सप्रेस , ७३०२६ पटक हेरिएको
शरणामती – झापाको झापा गाउँपालिका वडा नम्बर ५ मा जारी दोस्रो अध्यक्ष कप खुल्ला फुटबल प्रतियोगिताको उपाधी राइजिंग फुटबल क्लब झापा-१ सितुमारीले हात पारेको छ । आयोजक टिम बी (लालीगुराँस एफसी) लाई ट्राइबेकमा ४-२ को गोल अन्तरले पछी पार्दै सितुमारीले उपाधी चुमेको हो ।
निर्धारित समयमा १/१ गोलको बराबरी भएपछी खेल ट्राइबेकरमा धकेलिएको थियो । खेलमा म्यान अफ द म्याच विजेता टिमका अशोक शेर्मा घोषित भए ।
विजेता बनेको सितुमारीले नगद १५ हजार सहित मेडल,ट्रफी र प्रमाण पत्र पाएको छ ।त्यस्तै उप-विजेता बनेको आयोजक बीले नगद १० हजार सहित मेडल,ट्रफी र प्रमाण पत्रमा चित्त बुझाएको छ ।
विजेता तथा उपविजेता टिमलाई झापा गाउँपालिकाकी कार्हबाहक अध्यक्ष अन्जुदेवी थपलिया,वडाध्यक्ष कृष्णप्रसाद राजबंशी लगायतले पुरस्कार वितरण गर्नुभएको थियो।
नवदुर्गा युवा क्लबको आयोजनामा यही कार्तिक १९ गते देखी शुरु भएको प्रतियोगिता आज २१ गते समापन भएको छ । देव गणेशले संचालन गरेको समापन कार्यक्रमको अध्यक्षता आयोजक समितिका अध्यक्ष संजितलाल यादवले गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२४-११-०६ , समय : १९:५२:३६ , १ महिना अगाडि