झापा गाउँपालिकामा २१ औं स्वमंसेविका दिवस सम्पन्न

झापा एक्सप्रेस , २१४२२  पटक हेरिएको

झापा, २० मंसिर । विविध स्वास्थ कृयाकलापमा महिला सामुहिक स्वास्थ्य स्वमंसेविकाको भुमिका, स्वस्थ समाज निमार्णमा सहभागिता भन्ने मुल नाराका साथ २१ औं अन्र्तरास्ट्रिय स्वमंसेविका दिवस तथा राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वमंसेवीका दिवसको अवसरमा झापा गाउँपालिकाले महिला स्वमंसेविकाहरुलाई सम्मान गरेको छ ।

झापा गाउँपालिका कार्यवाहाक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यता एवं स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपानेको अध्यक्षतामा भएको कार्यक्रममा सम्मान पछि महिला स्वमंसेविका विच वडा स्थरिय हाजिरी जवाफ प्रतियोगिता आयोजना गरिएको थियो । उक्त कार्यक्रमलाई संवोधन गर्दै प्रमुख अतिथि थपलियाले आफु पनि लामो समय स्वास्थ्य क्षेत्रमा काम गरेको हुँदा महिला स्वमंसेविका दिदीबहिनीहरुको हितमा काम गर्ने बताउनु भएको थियो ।

झापामै महिला स्वमंसेविकाहरुलाई झापा गाउँपालिकाले प्रोत्सान स्वरुप बजेट विनियोजन गरि केहि रकम उपलव्ध गराउँदै आएकोमा आगामी बर्ष थप गर्ने गरि आफु लागि परेको हुँदा जन स्तरमा हुने जन्मदेखी मृत्यु सम्म जोडिने महिला स्वमंसेविकाहरुले राम्रो संग काम गर्नेमा आफु विश्वस्थ रहेको समेत बताउनु भएको छ । पालिकाले स्वास्थ्य क्षेत्रमा निकै राम्रो काम गरिरहेको बताउँदै केहि दिनमै सामुदायिक अस्पताल समेत संचालनमा आउने हुँदा स्वास्थ्यको पहुचमा बाहिर जान नसक्ने सर्वसाधारणलाई फाइदा पुग्ने विश्वास समेत प्रकट गर्नु भयो । झापा गाउँपालिकाले सुत्केरी महिला दिदी बहिनीहरुको हितको लागि निशुल्क रुपमा औषधि उपचारको समेत ब्यवस्था मिलाएको बताउनु भएको छ । कार्यक्रममा स्वास्थ्य शाखा प्रमुख प्रेम न्यौपाने, आधारभूत अस्पतालकी निमित्त प्रमुख कविता बस्नेत र महिला स्वमंसेविका झापा गाउँपालिका अध्यक्ष पुष्पा प्रसाईले मन्तव्य राख्नु भएको थियो । झापा गाउँपालिकाको आयोजना तथा कारितास नेपालको सहकार्यमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२४-१२-०५ , समय : २०:५८:३४ , १ हप्ता अगाडि