गीट्टि चाल्ने मजदुरलाई वेल्चा र जाली

झापा एक्सप्रेस , २९०९४  पटक हेरिएको

सिएम शर्मा / अाफ्नो वडाका मजदुरहरुको अावाश्यकतालाई मध्यनजर गर्दै बिहिवार झापाको कनकाई नगरपालिका वडा नं. ४ ले काममा चाहिने अावाश्यक सामाग्री वितरण गरेको छ ।

कनकाई ४ का वडा अध्यक्ष रोशन सुवेदि, वडा सदस्य तथा कार्यपालिका सदस्य लक्ष्मी कटुवाल कार्की , वडा सदस्यहरु मोहन संग्रौला र राजु प्रसाईले कनकाई ४ त्रिवेणी टोल क्षेत्र कनकाई नदिको किनारमा बस्दै कनकाई नदिको वालुवामा गिट्टी चाल्दै अाएका स्थानियलाई गिट्टी चाल्न अावाश्यक समाग्री वेल्चा र काठको फ्रेम सहित तयारी अवस्थाको जाली वितरण गरेका हुन ।

सामाग्री वितरण गर्दै कनकाई वडा नं. ४ का वडा अध्यक्ष रोशन सुवेदीले कनकाई ४ मा वसेर कनकाई र विरङ्ग नदिमा गिट्टी चालेर जिवन चलाउदै अाएका अार्थिक अवस्था कम्जोर भएका नागरिकलाई थोरै भएपनी राहात मिलोस भनेर उहाहरुको अाबाश्यकतामा वडा सारथी बन्न सकोस भन्ने उदेश्यले गिट्टी चाल्न अावाश्यक शामाग्री जालि र वेल्चा वितरण गरिएको वताए ।

वडा भित्रका लगभग २५ परिवारले गिट्टी चाल्दै अाएको र उनिहरु सबैलाई उक्त सामाग्री वितरण गरिने कार्यक्रम अनुसार पहिलो चरणमा त्रिवेणी टोल क्षेत्रका १५ परिवारलाई वेल्चा र तयारि जालि बितरण गरिएको वडा अध्यक्ष सुवेदीले वताए । वाँकी रहेका टेक्रा क्षेत्रका गिट्टि चाल्ने मजदुर हरुलाई पनि चाडै उक्त सामाग्री वितरण गरिने पनि सुवेदीले जानकारी गराए ।

जालि र वेल्चा पाएपछि खुसी हुदै कनकाई नदिमा विगत १३ बर्ष अघि देखी गिट्टी चाल्दै अाएका चन्द्रबहादुर सुनार , ११ बर्ष अघि देखी गिट्टी चाल्दै अाएका कान्तलाल ऋषिदेव र कनकाई ४ मा बसेर विरिङ्ग नदिमा विगत ५ बर्ष देखी गिट्टि चाल्दै अाएका मिना ऋषिदेव लगायतले अाफु हरुले यति लामो समय देखि गिट्टी चाल्दै अाउदा अहिले सम्म तिमिहरुको समस्या के छ ? भनेर सोध्न समेत कोही नअाएको वताउदै अहिले वडाले अाफुहरुलाई सामाग्री नै तयार गरी वितरण गर्दा स्थानीय सरकार घरसम्म अाएको महसुस भएको भन्दै वडा परिवारलाई धन्यवाद दिएका छन ।
उनिहरुले गिट्टी बालुुवा चाल्न प्रमुख अावाश्य सामाग्री पाउदा राहात मिलेको पनि वताएका छन ।

प्रकाशित मिति: २०२४-१२-०५ , समय : २१:३०:०५ , १ हप्ता अगाडि