झापा एक्सप्रेस , १८८०४ पटक हेरिएको
लिग विजेता चर्च बोइज आयोजक रेडहर्ष इलामलाई १/० ले पराजित गर्दै दोस्रो इलाम गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । इलामको ठूलो टुडिखेलमा आज भएको पहिलो सेमिफाइनल खेलमा आयोजक रेडहर्षलाई पराजित गर्दै चर्च बोइज फाइनल प्रवेश गरेको हो । खेल सुरुभएको तेस्रो मिनेटमा रेडहर्षका हरि मगरको प्रहार चर्च बोइजका विदेशी खेलाडी सेर्गे डिकाले क्लियर गरिदिए । पाचौ मिनेटमा चर्च बोइजको विदेशी खेलाडी अर्माण्डको प्रहार रेडहर्षका गोलरक्षक विवेकले बचाउ गरे । सातौ मिनेटमा चर्चबोइजका विदेशी खेलाडी अब्यान्डमिले पाएको प्रहार गोलपोष्ट माथिबाट बाहिरियो ।
नवौ मिनेटमा आयोजकका हरि मगरको गोल गर्ने अवसर गुमेको थियो भने खेलको सोर्हौ मिनेटमा रेडहर्का रोमन भुजेलले फल्ड गरेसगैन्पहेलो कार्ड पाए । चर्च बोइजले पाएको फ्रीकिकलाई सदुपयोग गर्न नसक्दा चर्च बोइजले अग्रता गर्ने अवसर गुमाएको थियो ।यता चर्च बोइजको तर्फबाट पन्धौ मिनेटमा उत्कृष्ट गोल गर्ने अवसरबाट चुक्यो । खेलको अडतिसौ मिनेटमा रेडहर्षका हरि मगरको प्रहार चर्च बोइजका कप्तान अनन्तले क्लियर गरिदिए । खेलको चालिसौ मिनेटमा रेडहर्षका प्रदिप बुडाथोकिलाई फल्ड गरेसँगै चर्चबोइजका विदेशी खेलाडी सार्गे डिकाले पहेलो कार्ड पाए । पहिलो हाफ दुवै टिमले थुप्रै अवसर पाए पनि अवसरलाई सदुपयोग गर्न नसक्दा कुनै गोल हुन सकेन ।
दोस्रो हाफमा पनि दवाबमा राखेको आयोजक रेडहर्षले दोस्रो हाफको छैटौ मिनेटमा हेमन लिम्बुले पहेलो कार्ड पाए । फ्री किकको अवसरलाई चर्च बोइजका रोहन कार्किले सदुपयोग गर्न सकेनन , खेलको एकसट्ठीऔ मिनेटमा रेडहर्षका कप्तान पुस्करले फल्ड गरेपछी उनलेपनी पहेलो कार्ड पाए । आजको खेलमा पहेलो कार्डको वर्षा भएको थियो । पचहत्तरऔ मिनेटमा चर्चबोइजले पाएको अवसरलाई आफ्नै दुवै विदेशी खेलाडी अफसाइड हुँदा अग्रता बनाउने अर्को अवसर गुमायो । लगत्तै छयातहरौ मिनेटमा रोहनको क्रस पासलाई छिरिङले सहि गोल पोष्टको दिशा दिन सकेनन ।
रेडहर्षका हेमनको उत्कृष्ट प्रहारलाई चर्चबोइजका गोलरक्षक सन्दिप लिम्बुले बचाउ गरे । दोस्रो हाफको अन्तिम समयमा चर्चबोइजले पाएको उत्कृष्ट प्रहारलाई आयोजकका गोलरक्षक विवेकले सहज बचाउ गरे । नब्बे मिनेट भित्र दुवै टिमले पाएको उत्कृष्ट अवसरहरुलाई सदुपयोग गर्न नसक्दा दुवै टिमले कुनै पनि गोल गर्न सकेनन । खेलको अन्तिम थप गरिएको ३ मिनेट जोगाउन नसक्दा आयोजक रेडहर्षले सेमिफाइनलबाटै बाहिरिनु पर्यो । थप गरिएको समयको अन्तिम मिनेटमा अनन्त तामाङको पासलाई सदुपयोग गर्दै चर्चबोइजका समीर तामाङको डि बक्स एरियाबाट प्रहार गरेको हेडिङ गोलमा परिणत भए सँगै १/० गोल अन्तरले पराजित गर्दै लिग विजेता चर्चबोइजले फाइनलमा आफुलाई सुरक्षित गरेको हो । आजको खेलको म्यान अफ द म्याच चर्चबोइजका समीर तामाङ घोषित भए । समिरले नगद रु आठ हजार एक सय प्राप्त गरे । बिहिबार फाइनल प्रवेशका लागि रेड स्टार झापाले डिफेन्डिङ च्याम्पियन एनआरटीको सामना गर्ने छ । फाइनल खेल मंसिर २९ गते सम्पन्न हुनेछ भने उपाधी जित्ने टिमले नगद रु दश लाख र उपविजेता टिमले नगद रु पाँच लाख प्राप्त गर्नेछन ।
प्रकाशित मिति: २०२४-१२-११ , समय : १८:५६:५६ , ३ दिन अगाडि