झापा एक्सप्रेस , १७४७ पटक हेरिएको
सिएम शर्मा / झापाको कनकाई नगरपालिका ९ घैलाडुव्वामा प्रमुख कार्यलय भई कनकाई ३ सुरुङ्गा र बिर्तामोडमा २ सेवाकेन्द्र विस्तार गरेर सेवा प्रवाह गर्दै आएको आरोग्य बचत तथा ऋण सहकारीको शेयर पूँजी २ करोड १६ लाख ८९ हजार पुगेको छ ।
संस्थाको शनिवार घैलाडुव्वामा सम्पन १४ अौ साधारण सभामा संस्थाका अध्यक्ष तथा कार्यक्रमका अध्यक्ष गुण प्रसाद तिम्सिनाले बार्षिक प्रतिवेदन प्रस्तुत गर्दै २१७५ जना शेयर सदस्य रहेको संस्थाको शेयर पुँजी २ करोड १६ लाख ८९ हजार पुगेको जानकारी गराउनु भएको हो । तेस्तै निक्षेप संकलन १२ करोड ५३ लाख ५४ हजार तिन सय चौसट्ठी संकलन भएको पनि अध्यक्ष तिम्सिनाले जानकारी गराउनु भयो ।
संस्थाले यसै बर्षबाट कृषिको लागि मल बिऊ , विजन वितरण कार्य शुरु गरेको जानकारी गराउदै अध्यक्ष तिम्सिनाले संस्थाले शेयर सदस्यका सेवाको लागि ल्याएको राहत तथा सेवाहरु साथै भावि निति तथा कार्यक्रम सहित कर्मचारी हितकोष २०८१, विनियम संसोधन २०८१ , निर्वाचन कार्यविधि २०८१ समेत समेटिएको प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।
त्यस्तै कार्यक्रममा लेखा समिति संयोजक सुवोध तिम्सिनाले अघिल्लो साधारणसभाका निर्णय कार्यनयनको अवस्था , बैठकका निर्णय र कार्यनयनको अवस्था , ऋण लगानी प्रकृया, सुरक्षण वा धीतो व्यवस्था , सहकारी मापदण्डको पालनको अवस्था , लेखा समितिले यस अधि दिएका सुझावहरुको कार्यनयनको अवस्था साथै थप सुझाव समेत समेटिएको लेखा सुपरिवेक्षण समितिको प्रतिवेदन प्रस्तुत गर्नु थियो।
संस्थाका व्यवस्थापक शान्तिराम अर्यालले २०८१ अषाढ मसान्तसम्मको वासलत स्थिति विवरण १८ करोड ५३ हजार दुईसय सात रुपैयाँ बराबरको पुँजी तथा दायित्व र सम्पत्ति तथा जायदात रहेको हिसाब प्रस्तुत गर्नुभएको थियो ।
साधारण सभामा प्रस्तुत उल्लेखित सबै प्रतिवेदन माथि सभाको बन्दसत्रले व्यापक छलफल गरी अनुमोदन गरेको संस्थाका कर्जा साहायक डिल्लिबहादुर खड्काले जानकारी गराउनु भएको छ ।
कार्यक्रममा एसइईमा उत्कृष्ट नतिजा ३.८ भन्दा माथि जिपीए ल्याउने शेयर सदस्य दिनेश तिम्सिनाकी छोरी प्रिन्सा तिम्सिना र ममता कुमारी यादवको छोरी सिमन यादवलाई कार्यक्रमका प्रमुख अतिथि प्रदेश रजिस्टार कार्यलयका अधिकृत मनोज कार्की र कार्यक्रमका अध्यक्ष गुणप्रसाद तिम्सिनाको बाहुलिबाट खादा र मायाको चीनो प्रदान गर्दै सम्मान गरिएको थियोे ।
कार्यक्रममा शुभकामना मन्तव्य राख्दै प्रमुख अतिथि मनोज कार्कीले कतिपय सहकारीले ऋण लगानी गर्दा साथै आन्तरिक आर्थिक व्यवस्थापनको कमी कम्जोरीले गर्दा बचत फिर्ता गर्न नसकेको र यसले गर्दा सहकारी प्रति नागरिकले हेर्ने नजर नकारात्मक बन्दै गएको हुँदा सहकारी सन्चालकले कारोवार सुशासन , ईमानदारीता , पारदर्शिता , वित्तीय मापदण्डको पालना गरी सामाजिक उत्तरदायित्व कायम गर्दै सदस्यहरुको आर्थिक , सामाजिक क्षेत्रमा वृद्धि गर्न सके सहकारी लाई हेर्ने दृष्टिकोण कहिल्यै नकारात्मक नहुने बताउनु भयो ।
आरोग्य सहकारीको बिषयमा बोल्दै प्रमुख अतिथि कार्कीले यो सहकारीले कारोवार सुशासन , ईमानदारीता , पारदर्शिता र वित्तीय मापदण्डको पुर्ण रुपमा पालना गर्दै आएकोलेनै जोखीम रहितभएर काम गर्न सकिरहेको भन्दै यसको निरन्तरताको शुभकामना समेत व्यक्त गर्नुभयो ।
कार्यक्रममा विशिष्ट अतिथि कनकाई बहुमुखी क्याम्पस सुरुङ्गाका क्याम्पस प्रमुख विकास उप्रेती , संस्थाका पुर्व सचिव ढुण्डीराज ढकाल , कनकाई ९ का पुर्व वडा अध्यक्ष प्रेम राजवंशी , कनकाई ९ का वडा सदस्य नरमान श्रेष्ठलगायतले शुभकामना मन्तव्य राख्नु भएको थियो भने कनकाई ९ का वडा सदस्य तारा दमाई , संस्थाका सल्लाहकार विष्णु सुवेदी , संस्थाका पुर्व अध्यक्ष मोतिराम तिम्सिना , चम्फापुर माविका प्रअ विष्णुप्रसाद कोईराला लगायतको आतिथ्यता रहेको थियोे ।
कार्यक्रममा उपस्थित सबैलाई स्वागत संस्थाका कोषाध्यक्ष भोलानाथ मिश्रले गर्नु भएको थियो भने सन्चालन कर्जा साहायक डिल्ली बहादुर खड्काले गर्नु भएको थियो ।
प्रकाशित मिति: २०२४-१२-१५ , समय : १०:३८:०५ , ३ घन्टा अगाडि