झापा एक्सप्रेस , ३७९८ पटक हेरिएको
इलाममा मादक पदार्थ सेवन गरी चलाएको अटो दुर्घटना हुँदा बाबुछोरी घाइते भएका छन्।
सूर्योदय नगरपालिका-३ बुधपार्कमा हिजो साँझ ७:५० बजे बौद्धधामबाट तीनखुट्टेतर्फ गइरहेको प्रदेश ०१–००१ ह ८६६८ नम्बरको अटो अनियन्त्रित भई दुर्घटनामा परेको हो। दुर्घटनामा परेर सूर्योदय-३ निवासी ३१ वर्षीय नयन सुब्बा र उनकी २३ महिनाकी छोरी कुनसङ सुब्बा घाइते भएका छन्।
घाइते बाबुछोरीलाई उपचारका लागि फिक्कल अस्पताल पठाइएको छ। अटो चालक, सूर्योदय-३ कटेबुङका ३७ वर्षीय राम गोलेलाई मादक पदार्थ सेवन गरी अटो चलाएको आरोपमा इलाका प्रहरी कार्यालय पशुपतिनगरले नियन्त्रणमा लिएको छ। घटना सम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय इलामले जनाएको छ।
प्रकाशित मिति: २०२४-१२-२३ , समय : १०:४१:०२ , ४ घन्टा अगाडि