गायनमा चन्द्रज्योती बन्यो जिल्लाकै प्रथम

झापा एक्सप्रेस , २४४४८  पटक हेरिएको

निजि तथा आवासिय बिद्यालय अर्गनाइजेसन (प्यब्सन) झापाले आयोजना गरेको दुई दिवसीय जिल्ला स्तरीय नृत्य तथा गायन प्रतियोगितामा गायन तर्फ चन्द्रज्योती अंग्रेजी माध्यामिक विद्यालय प्रथम बनेको छ । जिल्ला स्तरीय नृत्य तथा गायन प्रतियोगितामा कक्षा ११/१२ गायन तर्फ झापा गाउँपालिका -६ मा रहेको चन्द्रज्योती अंग्रेजी माध्यामिक विद्यालयका निर्जल चामलिङ्ग राई प्रथम बनेका हुन् ।

त्यस्तै कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्ती द्वितीय र बिर्ताज्योती अंग्रेजी बिद्यालय बिर्तामोड साथै ग्लोवल एजुकेसन दमक तृतिय भए भने १२ बर्ष मुनिकाबाट कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्ती प्रथम , तारापुञ्ज अंग्रेजी बिद्यालय मेचिनगर द्वितीय र बुद्ध स्मृति अंग्रेजी बिद्यालय बिर्तामोड तृतीय भए त्यसै गरी कक्षा १० सम्मको गायनमा फोनिक्स अंग्रेजी बिद्यालय कमल प्रथम , जयपुर अंग्रेजी बिद्यालय बुद्धशान्ती द्वितीय र प्यारागन एकेडेमी कनकाई तृतीय भए ।

नृत्य तर्फ आधुनिकमा प्यारागन एकेडेमी कनकाई प्रथम , कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्ती द्वितीय र प्रगति अंग्रेजी विद्यालय तृतीय भए भने राष्ट्रियमा पारिजात अंग्रेजी बिद्यालय मेचिनगर प्रथम , प्रगति अंग्रेजी बिद्यालय अर्जुनधारा द्वितीय र नेहारीका अंग्रेजी बिद्यालय कमल तृतीय भए त्यसैगरी लोक सांस्कृतिकमा प्यारागन एकेडेमी कनकाई प्रथम , कर्णाली एजुकेसन फाउन्डेसन बुद्धशान्ती द्वितीय र चिल्ड्रेन ईरन बिर्तामोड तृतीय भएको कार्यक्रम आयोजक उपसमिति सदस्य नारायण सुवेदीले जानकारी गराउनु भयो ।

प्रतियोगिताको निर्यायक मण्डलमा गायन तर्फ गायिका अन्जु गौतम र गायक तथा सङ्गीतकार विशाल राई रहनु भएको थियो । त्यस्तै नृत्य तर्फ आधुनिकमा कोरियोग्राफरद्वय राज न्यौपाने र विकि घिमिरे निर्णायक रहनु भएको थियोे भने राष्ट्रिय र लोक सांस्कृतिक तर्फ वरिष्ठ नृत्य निर्देशक प्रेम सुनाम र नृत्य निर्देशक मनोज राजवंशी निर्णायक रहनु भएको थियोे ।

प्रतियोगितामा प्रथम द्वितीय र तृतीय भएका विद्यालयले ट्रफी , मेडल र प्रमाणपत्र प्राप्त गरेका छन् । प्रतियोगिताको हरेक बिधामा प्रथम हुने विद्यार्थीहरुले प्रदेश स्तरीय प्रतियोगितामा भाग लिन पाउने प्याब्सन जिल्ला अध्यक्ष गौरीमान फागोले जानकारी दिनुभयो ।

जिल्ला प्याब्सन झापाको आयोजना तथा कनकाई नगर प्याब्सनको आतिथ्यमा कनकाई ३ स्थित दिव्यरत्न अङ्ग्रेजी माविको प्राङ्गणमा शनिबारदेखी दुई दिवसीय जिल्ला स्तरीय नृत्य तथा गायन प्रतियोगिता संचालन भएको थियो ।

प्रकाशित मिति: २०२४-१२-२४ , समय : १९:०८:४७ , १५ घन्टा अगाडि

error: Content is protected !!