झापा एक्सप्रेस , २४४०८ पटक हेरिएको
झापा-झापाको झापा गाउँपालिका वडा नं ४ को जगदम्बा विद्यालयदेखि चौधरी टोल हुदैं अमरपथ जोड्ने बाटोमा कालोपत्रे निर्माणका लागि झापा गाउँपालिकाका कार्यवाहक अध्यक्ष अञ्जु देवी थपलीयाले शिलान्यास गर्नुभएको छ।
यस सडक निर्माणले स्थानीय बासिन्दाको आवागमनलाई सहज बनाउनुका साथै कृषीजन्य उत्पादनलाई बजार सम्म लैजान सहज हुने वडाध्यक्ष मोहमद ताहिरले बताउनु भयो।
शिलान्यास कार्यक्रममा वडाध्यक्ष मोहम्मद ताहिर , स्थानीय जनप्रतिनिधि र सर्वसाधारणको उपस्थिति रहेको थियो। कार्यक्रममा कार्यवाहक अध्यक्ष थपलीयाले विकासका पूर्वाधारलाई प्राथमिकता दिँदै गाउँपालिकाले आगामी दिनमा थप योजनाहरू अघि बढाउने बताउनुभयो।
९३३ मिटर कालोपत्रे सडक एसजे विल्डर्सले ठेक्कामा पारेको हो।
प्रकाशित मिति: २०२५-०२-१२ , समय : १९:०८:४३ , ४ हप्ता अगाडि