Jhapa Express , ९३६३ पटक हेरिएको
झापा । राष्ट्रिय भाक्का दिवसको अवसरमा झापाका तीन पालिकाले सोमबार सार्वजनिक बिदा दिएका छन् । आदिवासी राजवंशी समुदायको बाहुल्यता रहेको झापा क्षेत्र नम्बर ३ अन्तरगतका भद्रपुर नगरपालिका, हल्दिबारी गाउँपालिका र कचनकवल गाउँपालिकाले स्थानीय बिदा दिएका हुन् ।
सोमबार ती पालिकाहरूमा अति आवश्यक कामबाहेक पालिकाको कार्यालय, सम्पूर्ण शैक्षिक संस्था, स्वास्थ्य संस्था, वडा कार्यालयहरू बन्द रहने सूचनामा उल्लेख गरिएको छ । राजवंशी समुदायले आफ्नो जाति विशेष परिकार भक्कालाई हरेक वर्ष पुस २९ गते दिवसको रुपमा मनाउँदै आएको छ । राजवंशी समाज विकास समिति
झापाले आइतबार भद्रपुर ९ स्थित होटेल डेग्लोमा भाक्का पीठ उत्सव विविध कार्यक्रम गरी मनाएको छ । उता राजवंशी समाज विकास समितिले यो वर्ष पनि बिर्तामोडस्थित डोमालाल राजवंशी रङ्गशालामा भोलि आठौँ राष्ट्रिय भक्का दिवस मनाउने जनाइएको छ । राजवंशीहरूको भान्साबाट लोप हुँदै गइरहेको मौलिक खाजाको प्रवर्धन, संरक्षण र विकासमा योगदान दिने उद्देश्यले जिल्लाका विभिन्न स्थानमा भाक्का दिवस मनाउँदै आइरहेको छ ।
प्रकाशित मिति: २०२५-०१-१३ , समय : ०९:१०:३६ , १ दिन अगाडि