झापा एक्सप्रेस , २७५३९ पटक हेरिएको
झापा – झापा गाउँपालिकाले किसानलाई सिचाइ मोटर र स्प्रे ट्याङ्की वितरण गरेको छ ।
पालिकाको कृषिमा विनियोजीत बजेट मार्फत ५०/५० प्रतिसत साझेदारी कार्यक्रम अन्तरगत १७६ मोटर र ३३८ स्प्रे ट्याङ्की वितरण गरिएको हो ।
पालिका प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलियाको अध्यक्षता एवं कार्यवाहक अध्यक्ष अन्जुदेवी थपलियाको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सिचाइ मोटर र स्प्रे ट्याङ्की कृषकहरुलाई वितरण गरिएको थियोे ।
कृषि उत्पादन बढाउनको लागि प्रत्येक वडाका कृषकको खेतवारीमै बिजुली पुर्याउने कार्यक्रम समेत संचालित रहेको बताउदै यस आर्थिक बर्षमा समेत १ करोड रुपैयाँको बिजुलीको पोल र ६५ लाखको बिजुली तार खरिद गरिएको बताउदै सबै कार्यक्रमहरुलाई निरंतरता दिदै अगाडि बढेको समेत कावा अध्यक्ष थपलियाले जिकिर गर्नु भयो ।
स्थानीय तहको समग्र विकासको लागी जनप्रतिनिधिहरुले अगाडि सार्नु भएको महत्त्वपूर्ण कार्यक्रमलाई प्राथमिकतामा राखेर काम गर्दै आएको प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिलाले जानकारी दिनुभयो ।
थपलियाका अनुसार टेन्डर मार्फत ४९ लाख ६ सय ७९ रुपैयाँ बराबरको मोटर र स्प्रे ट्याङ्की गरिद गरिएको हो ।
किलस्कर कम्पनीको २ हर्ष पावर को बिधुतिय मोटरको लागी किसानले ११ हजार ८० रुपैयाँ व्यहोर्नुपर्ने हुन्छ भने पालिकाले त्यति नै रकम व्यहोर्ने छ । त्यस्तै स्प्रे ट्याङ्कीमा समेत पालिकाले साझेदारी कार्यक्रम अनुसार १५ सय ८५ रुपैयाँ व्यहोर्ने गरि काम गरिएको थपलियाले बताउनु भयो ।
गाउँपालिकाले कृषकलाई दिएको सुविधा प्रति खुसी हुदै रासायनिक मलको भने वर्षेनी अभाव झेल्नु परेको कृषक बताउछन .”गाउँपालिकाले सुबिधा दिएको छ धन्यबाद ,तर रासायनिक मल डिएपी तथा युरियाको अभावलाई टार्न सके झन् राम्रो हुने थियो स्थानीय कृषक तविजो मियाले बताउनु भयो .
प्रकाशित मिति: २०२५-०२-१२ , समय : १४:४६:३४ , ४ हप्ता अगाडि