झापा गाउँपालिकामा तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता हुने

झापा एक्सप्रेस , ३६६१४  पटक हेरिएको

झापा गाउँपालिकामा यही फागुन २ गते देखी ९ गते सम्म तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता हुने भएको छ।बुधबार झापा गाउँपालिका वडा नम्बर ७ को मदरगाछमा पत्रकार सम्मेलन गर्दै दिपज्योती युवा क्लबको आयोजनामा सो प्रतियोगिता हुन लागेको क्लबका अध्यक्ष डिल्ली चुडालले जानकारी दिनुभयो।

स्थानीय जनकल्याण माविको खेलमैदानमा हुने प्रतियोगितामा ८ टिमको प्रतिष्पर्धा हुनेछ।आयोजक दिपज्योती युवा क्लब,झापा फुटबल क्लब राजगढ ,गेरबाबा फुटबल क्लब अर्जुनधारा,अरिदमन गण चारआली,सशस्त्र प्रहरी बल पकली सुनसरी,जामुनखाडी स्पोर्टिङ क्लब,चेतसा पुस्ताकालय दमक र जलथल फुटबल क्लब बिच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ।

प्रतियोगितामा विजेता टिमले नगद १ लाख १ हजार १११ र उपविजेता टिमले नगद ५१ हजार १११ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन।

क्लबका सचिव बासु दाहालले सन्चालन गरेको पत्रकार सम्मेलन कार्यक्रममा झापा-७ का वडाध्यक्ष सखिचन्द्र ठाकुरको प्रमुख आतिथ्यता रहेको थियो।कार्यक्रममा तेज श्रेष्ठ,छत्र पाण्डे,नेत्र सिटौला,शेखर डाँगी,मुक्ती बानियाँ लगायतको सहभागीता रहेको थियो।

प्रकाशित मिति: २०२५-०२-१२ , समय : २०:२०:२७ , ४ हप्ता अगाडि

error: Content is protected !!