झापा एक्सप्रेस , १६८८२ पटक हेरिएको
सशस्त्र प्रहरी बल पकलीलाई हराउँदै जामुनखाडी स्पोर्टिङ क्लब विजय
झापाको झापा गाउँपालिका वडा नम्बर ७ मदगाछमा जारी तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा जामुनखाडी स्पोर्टिङ क्लब विजयी भएको छ . सशस्त्र प्रहरी बल पकलीलाई २-१ को गोल अन्तरले हराउदै जामुनखाडी बिजयी बनेको हो .
झापाको झापा गाउँपालिका-७ स्थित जनकल्याण माविको खेलमैदानमा दीपज्योति युवा क्लबद्वारा आयोजनामा जारी प्रतियोगितामा दोस्रो खेल आज शनिबार सशस्त्र प्रहरी बल पकली र जामुनखाडी स्पोर्टिङ क्लब बीच भएको थियो।खेलको पहिलो हाफमा दबाबमा रहेका दुईवटै टिमले कुनै पनि गोल गर्न सकेनन् । खेलको दोस्रो हाफमा सुरुवाती चरणबाट नै आक्रमण देखिएका दुवै टिमले निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा जामुनखाडी स्पोर्टिङ क्लबले २-१ को अन्तरले सशस्त्र प्रहरी बल पकलीलाई हराउँदै विजयी भएको हो।
खेलको म्यान अफ दि म्याच जामुनखाडी स्पोर्टिङ क्लबका जर्सी नम्बर २० का अनुप तामाङ खेलाडी घोषित भए।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख १ हजार १११ र उपविजेता टिमले नगद ५१ हजार १११ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन।फागुन २ गतेबाट सञ्चालन भएको प्रतियोगिता फागुन ९ गते समापन हुने खेल समितिका संयोजक नेत्र सिटौलाले जानकारी दिए ।
प्रकाशित मिति: २०२५-०२-२१ , समय : १९:५९:३३ , ५ दिन अगाडि