झापा एक्सप्रेस , १९१४६ पटक हेरिएको
गेरबाबा फुटबल क्लबलाई हराउँदै अरिदमन गण सेमिफाइनलमा प्रवेश
झापाको झापा गाउँपालिका वडा नम्बर ७ मदगाछमा जारी तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगितामा नेपाल आर्मीको अरिदमन गण चारआली सेमी फाईनलमा प्रवेश गरेको छ .गेरबाबा एफसी अर्जुनधारालाई १-० गोल अन्तरले हराउदै आर्मी सेमी फाईनलमा प्रवेश गरेको हो .
झापाको झापा गाउँपालिका-७ स्थित जनकल्याण माविको खेलमैदानमा दीपज्योति युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा चौथो खेल आज सोमबार गेरबाबा क्लब, अर्जुनधारा र अरिदमन गण, चाराली बीच भएको थियो।
खेलको पहिलो हाफमा सुरुवाती चरणबाट नै आक्रमण देखिएको अरिदमन गण,चारालीका जर्सी नम्बर १७ का खेलाडी मौसम लिम्वुले खेलको २३ औँ मिनेटमा गोल गर्दै आफ्नो टिमलाई अग्रता दिलाएका थिए।त्यसपछी दबाबमा रहेका दुईवटै टिमले कुनै पनि गोल गर्न सकेनन् । खेलको दोस्रो हाफमा सुरुवाती चरणबाट नै दबाबमा रहेको गेरबाबा क्लब, अर्जुनधारा निकै आक्रमण देखिए पनि खेलको निर्धारित समयमा कुनै पनि गोल गर्न नसकेपछि १-० गोलको अन्तरले अरिदमन गण, चाराली विजयी भएको हो।
खेलको man of the match अरिदमन गण, चारालीका जर्सी नम्बर १७ का खेलाडी मौसम लिम्बु घोषित भए।
फागुन २ गतेबाट सञ्चालन रहेको झापा गाउँपालिका तेस्रो अध्यक्ष कप फुटबल प्रतियोगिता फागुन ९ गतेसम्म सञ्चालन रहनेछ ।
प्रतियोगितामा विजेता टिमले नगद १ लाख १ हजार १११ र उपविजेता टिमले नगद ५१ हजार १११ सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन।
भोलि हुने पहिलो सेमिफाइनलको खेल चेतसा पुस्तकालय, दमक र सशस्त्र प्रहरी बल पकली, सुनसरी बीच हुनेछ ।
प्रकाशित मिति: २०२५-०२-२१ , समय : १९:५९:०८ , ५ दिन अगाडि