झापामा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले पाए बाह्र हजार

झापा एक्सप्रेस , ३१४६४  पटक हेरिएको

झापामा प्राविधिक शिक्षा अध्ययन गर्ने विद्यार्थीले पाए बाह्र हजार

शरणामती।झापाको झापा गाउँपालिका भित्रका प्राविधिक धार अध्ययन गर्ने विद्यार्थीहरुले छात्रवृत्ति स्वरुप नगद १२ हजार रुपैयाँ पाएका छन् ।झापा गाउँपालिका स्थायी ठेगाना भइ प्राविधिक धार अन्तरगतका विषयमा अध्ययन गर्ने कुल ६९ जना विद्यार्थीहरुले जनही १२ हजारका दरले छात्रवृत्ति पाएका हुन् ।

झापा गाउँपालिकाको २०८१/०८२ को वार्षिक स्वीकृत कार्यक्रम अन्तरगत सो छात्रवृत्ति प्रदान गरिएको हो। बिहिबार एक विशेष कार्यक्रमका बिच कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलिया साथै वडाध्यक्षहरुले संयुक्तरुपमा विद्यार्थीहरुलाई छात्रवृत्ति वितरण गरेका थिए।

कार्हबाहक अध्यक्ष थपलियाले छात्रवृत्ति वितरण गर्दै राम्रो कामलाई सधै निरन्तरता दिने बताउनुभयो ।

झापा गाउँपालिकाले प्रत्येक वर्ष प्राविधिक धार तर्फ अध्ययन गर्ने झापा गाउँपालिकाका विद्यार्थीहरुलाई छात्रवृत्ति दिदै आएको छ।मेडिकल,इन्जिनियरीङ,एग्रीकल्चर,ल्याब टेक्निसियन,अमिन,फार्मेसी,नर्सिङ,डक्टर,होटल मेनेजमेंन्ट लगायतका विषय अध्ययन गर्नेले छात्रवृत्ति पाउने शिक्षा शाखा प्रमुख जीवन प्रसाद ढकालको भनाई छ।

शिक्षा शाखा प्रमुख ढकालले सञ्चालन गरेको कार्यक्रममा शिक्षा शाखा प्राविधिक सहायक अम्बिका गौतमले स्वागत मन्तव्य राख्नुभएको थियो . कार्यक्रममा वडा नम्बर ३ का वडाध्यक्ष सुभाषलाल गणेश, वडा नम्बर ४ का वडाध्यक्ष मोहम्मद ताहिर र वडा नम्बर ७ का वडा अध्यक्ष सखीचन्द्र ठाकुर, कार्यपालिका सदस्यहरू सागिरथ प्रसाद गणेश र अनिता कुमारी केसी तथा शिक्षा समिति सदस्यहरुको उपस्थिति रहेको थियो .

प्रकाशित मिति: २०२५-०२-२० , समय : १९:३८:१५ , १ महिना अगाडि

error: Content is protected !!