झापा एक्सप्रेस , १२६२५ पटक हेरिएको

२०८१ फागुन १३ गते, मंगलबार
झापाको बाह्रदशीमा गत माघ १९ बाट २२ गते सम्म सञ्चालित बाह्रदशी प्रथम अध्यक्षकप आमन्त्रित कोशी प्रदेश पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिताको आयव्यय सार्वजनिक गरिएको छ। फागुन १२ गते सोमबार खेल आयोजक समितिले एक कार्यक्रमको आयोजना गरि खेल सम्पन्न गर्दा भएको जम्मा आम्दानी र खर्चको कुल विवरण सार्वजनिक गरेको हो।
खेल सम्पन्न पछि कुल १ लाख ४९ हजार २ सय ७८ रूपैयाँ बचत भएको खेल आयोजक समितिका अध्यक्ष मोहन कुमार उप्रेतीले जानकारी दिनुभयो । खेल आयोजक समितिका कोषाध्यक्ष दल बहादुर तामाङद्वारा प्रस्तूत खर्च विवरण अनुसार गाउँपालिका र ब्याक्तिगत सहयोगबाट कुल ८ लाख ९४ हजार ३ सय ९४ रूपैयाँ आम्दानी भएको छ। यस्तै पुरस्कार, रेफ्रि र अन्य व्यवस्थापन खर्च गरेर कुल ७ लाख ४५ हजार १ सय १६ रूपैयाँ खर्च भएको छ।
बचत भएको रमक विभिन्न खेलकुद क्षेत्रमा लगानी गर्ने खेल आयोजक समितिका सचिव कमल बानियाले बताउनुभयो ।
बाह्रदशी गाउँपालिकाको सहकार्य, बाह्रदशी युवा तथा खेलकुद विकाश समितिको समन्वयमा संचालित बाह्रदशी प्रथम अध्यक्ष कप आमन्त्रित कोशी पालिका स्तरिय पुरुष भलिबल प्रतियोगिता खेल गाउँपालिकाको नवनिर्मित भवन परिसदमा भएको थियो।
प्रतियोयोगिताको उपाधि दमक नगरपालिकाले उचालेको थियो। बिजेता दमक नगरपालिकाले नगद एक लाख २१ हजार २२१ रुपैयाँ, ट्रफि, मेडल र प्रमाणपत्र पाएको थियो। यस्तै उपबिजेता बनेको बिर्तामोड नगरपालिकाले नगद ७५ हजार ५५५ रुपैयाँ सहित ट्रफि, मेडल र प्रमाणपत्र प्राप्त गरेको थियो।
प्रकाशित मिति: २०२५-०२-२५ , समय : १३:४१:४५ , २२ घन्टा अगाडि