झापा एक्सप्रेस , ५१८५९ पटक हेरिएको

झापा गाउँपालिकामा दोस्रो वडाध्यक्ष कप फुटबल प्रतियोगिता हुने
शरणामती – झापा गाउँपालिका वडा नम्बर ३ मा दोस्रो वडाध्यक्ष कप वडास्तरीय नकआउट फुटबल प्रतियोगीता हुने भएको छ ।जुनतारा युवा क्लब झापा गाउँपालिका ३ को आयोजनामा हुने प्रतियोगीतामा झापा गाउँपालिकाका ७ वटा वडाका फुटबल टिमले सहभागिता जनाउने भएका छन् ।
यहीं फागुन १५ गते देखी १७ गते सम्म चल्ने प्रतियोगितामा उद्घाटन खेलमा १ बजे समुह ए अन्तरगत आयोजक र वडा नम्बर ५ ले प्रतिष्पर्धा गर्नेछन । त्यस्तै सोही दिननै समूह बी अन्तरगत दिउँसो ३ बजे वडा नम्बर ७ र ४ ले प्रतिष्पर्धा गर्नेछन । १६ गते समूह ए मा रहेको वडा १ र ६ ले १२ बजे प्रतिष्पर्धा गर्नेछन् ।त्यस्तै सोहि दिन समूह बि मा रहेको ३ र वडा नम्बर २ ले प्रतिष्पर्धा गर्नेछन । १६ गते नै सेमीफाइनलका खेलहरु समेत हुने आयोजकले जनाएको छ ।
प्रतियोगितामा विजेता टिमले नगद १० हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउनेछन ।त्यस्तै उपविजेताले नगद ५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र पाउने आयोजक समितिका अध्यक्ष ज्ञानबहादुर बस्नेतले झापा एक्सप्रेसलाई बताए । प्रतियोगिता क्लबकै खेलमैदानमा हुनेछ ।
प्रकाशित मिति: २०२५-०२-२६ , समय : १७:३२:०७ , १ महिना अगाडि