कनकाईमा आफुले पालेको पाठाबाट जन्मिएको पाठा अर्का कृषकलाई उपहार

झापा एक्सप्रेस , ६५४६  पटक हेरिएको

कनकाई / झापाको कनकाई नगरपालिकामा समुहमा रहेका महिला कृषक दिदीबहिनीहरुले आफुले पालन गरेको बाख्राको पाठाहरुलाई पुन अरु महिला कृषकहरुलाई उपहार दिएका छन ।

कनकाई नगरपालिकाको आर्थिक सहयोग हेफर प्रोजेक्ट नेपालको प्राविधिक सहयोग तथा अभियान नेपालको सहजीकरणमा यहाँ सञ्चालित साझेदारीमा कृषि तथा पशुपालन उद्यमशीलता विकास परियोजना कार्यक्रम अन्तर्गत तालिम पछि उद्यमशीलताका लागि हरेक सदस्यहरुलाई बाख्राको पाठा उपहार दिएको थियो । उक्त कृषकहरुले आफुले पालेका पाठाहरुबाट पहिलो पाठाबाट जन्मिएको पाठालाई पुन अर्को सहकर्मी कृषकलाई दिइएको हो ।

हालसम्म यस कार्यक्रम अन्तर्गत १४०० कृषकहरु यस अभियानमा जोडिसकेको र ४०५ जना कृषकहरुले बाख्राका पाठी प्राप्त गरिसकेको हेफर नेपालका कार्यक्रम संयोजक केशव खनालले बताउँनुभयो ।

यस कार्यक्रम अन्तर्गत कनकाई नगरपालिकाभित्रका ९ वटै वार्डका हालसम्म १५२ जना महिला कृषकहरुले आफुले पालेका पहिलो पाठा अर्को कृषकसाथीलाई फिर्ता गरिसकेको र यसकार्यक्रमबाट कृषकलाई आफ्नो व्यावहारमा समेत इमान्दार हुन र उद्यमशील हुन उत्प्रेरित गरेको कार्यक्रम संयोजक खनालले बताउँनुभयो ।

शनिवार कनकाई नगरपालिका ७ को कालीमन्दिरमा समेत १८ जना कृषक महिलाहरुले आफ्नो वार्डको अन्य महिला कृषकहरुलाई पहिलो बेतका पाठा हस्तानतरण गरेका छन । कनकाई उद्यमी कृषक समुह कनकाई ७ का महिलाहरुले सोही वार्डको अर्को शान्ति उद्यमी कृषक समुहमा आवद्ध १८ जना कृषकहरुलाई बाख्रा हस्तानतरण गरेका हुन ।

पहिले अन्य दातृ निकायले यस प्रकारको बाख्रा वितरण गर्ने गरेको पाइएपनि यसपटक भने आफ्नै वार्डका सहकर्मी साथीले यसप्रकारको बाख्रा वितरण गरेर आफुहरुलाई समेत थप इमान्दार हुन सिकाएको बाख्रा प्राप्त गर्ने सदस्यहरुको भनाई रहेको थियो ।

कनकाई नगरपालिकाभित्र हेफर नेपाल र कनकाई नगरपालिका कृषि साझेदारीका रुपमा रहेर धेरै कार्यक्रमहरु सञ्चालन गर्दै आएकोमा यो बाख्राको पाठा फिर्ता कार्यक्रम अन्य पालिकाहरुका लागि समेत सिक्न योग्य कार्यक्रम बनेको कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले बताउँनुभयो ।
यस कार्यक्रममा समवेश तालिमहरु महत्वपुर्ण रहेको र तालिमपछिको यस कार्यक्रमले कृषकलाई अनुशासनमा बाध्नका साथै थप व्यावहारिक र श्रृजनशील बनाएको नगरप्रमुख पोखरेलको भनाई थियो ।

प्रकाशित मिति: २०२५-०४-०६ , समय : २०:३२:५७ , १ दिन अगाडि

error: Content is protected !!