विद्यालय र शिक्षक पुरस्कृत गर्दै गाउँपालिका

झापा एक्सप्रेस , ८७६८  पटक हेरिएको

पोहोर २०८० सालको कक्षा ८ को परिक्षामा विद्यार्थीलाई पास गराउन विफल भएका विद्यालाहरुले यसपाली भने अलिकती प्रगती गरेका छन् .झ्गापाको झापा गाउँपालिकामा गत साल कक्षा ८ को परिक्षामा ४ विद्यालयको नतिजा निल आएको थियो .यसपाली भने गाउपालिकाका २० विद्यालयकै नतिजा सन्तोसजनक नै देखिएको छ .जसमा भृकुटी आधारभुत विद्यालय र सरस्वती आधारभूत विद्यालयको भने खासै सन्तोसजनक नतिजा आउन सकेन .भृकुटीका ४२ जनामा ३ जना मात्र पास भएका छन् भने सरस्वतीका २८ जनामा २ जना मात्र पास भएका छन् .

यस साल आएको नतिजा पनि सर्वोत्कृष्ट भने होइन .तर अलिकती प्रगती भने मान्न सकिन्छ .गत साल सबै विद्यार्थी फेल भएको क्वाडीदेवी माध्यमिक विद्यालयले भने यसपाली गाउँपालिकाबाट सर्वोत्कृष्टताको ताज पहिरिएको छ।कुवाडीले ४२ जना विद्यार्थी मध्ये ३१ जना पास गराएको छ।

यता परम्परागत विद्यालयमा मदरसा इस्लामिया रुहिमारीले ६ जनामा ५ जना विद्यार्थी पास गराउँदै गाउँपालिकाबाट सर्बोत्कृष्टता ताज पहिरिएको छ।यी दुई विद्यालयले गाउँपालिकाबाट ५०/५० हजार नगद सहित सम्मानपत्र पाएका छन् ।दुई विद्यालयका प्रधानाध्यापकले व्याक्तीगत १० हजार पुरस्कार समेत पाएका छन।

शिक्षा क्षेत्रमा ९ कक्षाका छात्रछात्रालाई साइकल बाडेर ,११/१२ का लाई नगद छात्रवृत्ति बाडेर कसैका लागी वाहीवाही र कसैका लागी शिक्षामा लगानी बालुवामा पानी बनाएको गाउँपालिकाले यसरी पुरस्कार बाढ्नु भनेको यो नयाँ अभ्यास हो।

शिक्षामा लगानी अनुसारको परिक्षामा नतिजा आएन भन्ने आलोचना खेपेको पालिकाले कक्षा ८ को नतिजालाई पुरस्कारमा परिणत गर्दै अन्य विद्यालयलाई चोटिलो प्रहार गरेको छ।

यसरी विद्यालयको नतिजालाई पुरस्कृत गर्दा अन्य विद्यालयहरुमा समेत पुरस्कार पाउने होड चल्ने र आगामी दिनमा नतिजा झन राम्रो आउने गाउँपालिकाको ठम्माई छ।गाउँपालिकाले जम्मा आधारभुत २० विद्यालय मध्ये सामुदायिक विद्यालय र परम्परागत विद्यालय मदरसाको नतिजालाई मुल्यांकन गरेर दुई विद्यालयलाई सम्मान गरेको हो। आठ निजी विद्यालय भने गाउँपालिकाको मुल्यांकनमा परेका छैनन।

प्रकाशित मिति: २०२५-०४-१२ , समय : ०९:०५:२५ , २ दिन अगाडि

error: Content is protected !!