झापा एक्सप्रेस , ७९२९ पटक हेरिएको
कनकाई, २८ चैत २०८१ । झापाको कन्काई नगरपालिका वडा नम्बर १ ले कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको छ । वडाका कृषकलाई सिँचाइ सुविधा पु¥याउने उद्देश्यले आज बिहीवार वडाले यहाँका २३ जना कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको हो ।
वडा अध्यक्ष शुशिलकुमार पोखरेलको सभापतित्वमा आयोजित कार्यक्रममा नगर प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्यतामा कृषकलाई विद्युतीय सिँचाइ मोटर वितरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नगर प्रमुख पोखरेलले करिब ५७ हजारभन्दा बढी जनसंख्या रहेको कनकाईमा नगरपालिकाले कृषि क्षेत्रलाई विशेष प्राथमिकता दिएको बताउनुभएको छ । उहाँले सबै क्षेत्रलाई समेटेर बजेट विनियोजन गरेको कनकाईले कृषिमा आत्मनिर्भर बनाउने नीति लिएको बताउनुभयो । जसका लागि कृषकलाई खेती गर्न सहज हुने वातावरण निर्माण गरिरहेका गर्दै कृषिको माध्यमबाट आयात प्रतिस्थापनसँगै स्वरोजगार बन्न सकिने भएकाले पनि कृषि क्षेत्रलाई बढी प्राथमिकता दिएको स्पष्ट पार्नुभएको छ।उहाँले पाएको सुविधालाई सहि सदुपयोग गर्दै अर्गानिक खेतीमा जोड दिन आग्रह गर्नुभयो ।
कार्यक्रममा प्रमुख प्रसाशकीय अधिकृत नारायण न्यौपानेलेले रोजगारीका लागि विदेशीने युवाहरूलाई स्वदेशमा नै कृषिको माद्यमबाट आत्मनिर्भर र दिगोपना हुने विश्वास व्यक्त गर्नुभयो ।उहाँले पछिल्लो समय युवा वर्ग विदेशिने अनि गाउँघरमा जेष्ठ मातापिता र बालबालिका मात्रै रहको अवस्थामा यहाँ युवालाई स्वदेमै टिकाउन र कृषि क्षेत्रको प्रबद्र्धन गर्न कृषकलाई आग्रह गर्नुभयो ।
यता वडाध्यक्ष पोखरेलले यस पटक मागको करिब ४० प्रतिशत अर्थात वडाका २३ परिवारलाई मात्रै आवश्यकताका अनुसार उपलब्ध गराएको बताउनुभयो । उहाँले अझै पनि ९० जनाभन्दा धेरैको माग रहेको भन्दै अबको चरणमा सबैलाई पुर्याउन प्रयास गर्ने प्रतिवद्वता जनाउनु भयो।
कृषिका लागि मल, बिउसँगै सिँचाइको समेत उत्तिकै भूमिका हुने भएकाले सिँचाइ मोटर वितरण गरिएको उहाँले बताउनुभयो । कृषकलाई कृषि कार्यमा आवश्यक पर्ने मल, विउविजन पनि वितरण गरेको वडा सदस्य दलबहादुर थापाले बताउनुभयो ।
कार्यक्रममा वडा सचिव सदिक्षा निरौला ,कर्मचारी निर्मला बानियाँ वडाका टोल संयोजक , कृषक समुहका प्रतिनिधि , अगुवा कृषक लगायतको उपस्थिति रहेको थियोे ।
वडाले आजै सोही कार्यक्रमका बालबालिकाको माग अनुसारको वडाका दिब्य ज्योति बालसमुहलाई खेलकुद सामाग्री समेत वितरण गरेको छ।
आठ वर्ष देखि माथिका ६० जना बढी बालबालिका रहेकोे दिब्यज्योती बालसमुहमा आवद्ध बालबालिकालाई खेलकुदका सामाग्री हरु फुटबल ,भलिबल ,ब्याडमिन्टन ,क्रिकेट लगायतका सम्पूर्ण सामाग्री समेत वितरण गरिएको वडा सदस्य हरिकुमार राईले बताउनुभयो । सिँचाइ मोटर तथा खेल सामाग्री वितरण कार्यक्रमको सन्चालन वडा सदस्य निर्मला खड्काले गर्नुभएको थियोे ।
प्रकाशित मिति: २०२५-०४-१२ , समय : ०९:४७:०६ , २ दिन अगाडि