पोखरीमा डुबेर घाइते भएका बालकको उपचारको क्रममा मृत्यु

झापा एक्सप्रेस , १०७४४  पटक हेरिएको

झापा, — झापाको अर्जुनधारा नगरपालिका वडा नं. ३ निवासी लोकबहादुर तामाङका ९ वर्षीय छोरा कृष्ण तामाङको पोखरीमा डुबेर घाइते भई उपचारको क्रममा मृत्यु भएको छ।

बालकलाई उनकी आमा सिया लामा चैत २९ गते दिउँसो करिब ३ बजेको समयमा आफ्नो माइतीघर, बाह्रदशी गाउँपालिका वडा नं. २ स्थित किरात टोल, पदम लामाको घरमा लगेको बताइएको छ। त्यही क्रममा घरदेखि करिब ५० मिटर पूर्वस्थित पोखरीको डिलमा खेल्ने क्रममा कृष्ण पानीमा डुबेर गम्भीर घाइते भएका थिए।

घटनापछि तुरुन्तै उनलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएको थियो। तर उपचारको क्रममा सोही दिन साँझ ४:५० बजे बालकको निधन भएको अस्पताल स्रोतले जनाएको छ।

उक्त घटनाबारे कानुनी प्रक्रिया अघि बढिरहेको र थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: २०२५-०४-१२ , समय : १०:०७:४८ , २ दिन अगाडि

error: Content is protected !!