नेपाली कांग्रेस-झापा गाउँपालिका वडा-७ बाट ठाकुरलाई वडाध्यक्षको उम्मेदवार बनाउने तयारी

झापा एक्सप्रेस , १४९७३  पटक हेरिएको

शरणामती।नेपाली कांग्रेस झापा गाउँपालिका वडा नम्बर ७ कार्यसमितिले आसन्न स्थानीय तह निर्वाचनमा वडाध्यक्ष पदका लागि सखिचन्द्र ठाकुरलाई उम्मेदवार बनाउने निर्णय गरेको छ।

आज सुक्रबार भएको नेपाली कांग्रेसको वडा भेलाले वडाध्यक्षमा ठाकुर,वडा सदस्यमा बालकृष्ण सिटौला र प्रेमप्रसाद गणेश।त्यस्तै महिला तर्फ लक्षिमा मुर्मु र दलित वडासदस्यमा पवित्रा बिकको उम्मेदवारमा नाम सिफारिस गर्ने निर्णय गरेको छ।

नेकाको वडा भेलाले सर्वसम्मत गरेका नामावलीहरु सम्बन्धित समितिमा सिफारिस गरिने निर्णय भएको बालकृष्ण सिटौलाले बताए।

यस अघि वडा नम्बर ७ बाट वडाध्यक्ष पदका लागि ४ जना आकांक्षी रहेका थिए।आकांक्षीहरुमा बालकृष्ण सिटौला,सखिचन्द्र ठाकुर,नेत्र सिटौला र दुर्गा प्रसाद पाण्डे रहेका थिए।सर्वसम्मत नहुन्जेल उनीहरुले समेत दाबी गर्दै आएका थिए।

प्रकाशित मिति: २०२२-०४-१५ , समय : १४:१४:४८ , ३ वर्ष अगाडि

error: Content is protected !!