महाराष्ट्रको जङ्गलमा गोहोरो सँग सामूहिक बलात्कार, सीसीटीभी फुटेजमा देखियो क्रूरता, ४ आरोपी पक्राउ

झापा एक्सप्रेस , ३६१३८  पटक हेरिएको

भारत-महाराष्ट्रको सह्याद्री टाइगर रिजर्भमा रहेको ‘बेङ्गल मनिटर लिजार्ड’(गोहोरो)सँग दुर्व्यवहार गरेको आरोपमा चार जनालाई पक्राउ गरिएको छ । समाचार एजेन्सी पीटीआई-भाषाले बुधबार महाराष्ट्रका एक वन अधिकारीलाई उद्धृत गर्दै यो जानकारी दिएको हो। घटना रत्नागिरी जिल्लाको गोठाणे गाउँमा भएको वन अधिकारीले समाचार संस्थालाई बताए । सह्याद्री टाइगर रिजर्भ अन्तर्गत चन्दोली राष्ट्रिय निकुञ्जमा अवैध रूपमा प्रवेश गर्ने अभियुक्त विरुद्ध चैत १७ गते एफआइआर दर्ता भएपछि यो कुरा बाहिर आएको हो ।

आरोपितमाथि सोधपुछ भइरहेको वन अधिकृतले बताए । उनीहरुको पहिचान सन्दीप तुकाराम पवार, मंगेश कामटेकर, अक्षय कामतेकर र रमेश घागको रुपमा भएको छ । वन अधिकारीले भने, “अनुसन्धानको क्रममा, वन रेन्जर्सले आरोपितले गोहोरोलाई कुकृत्यका साथ दुर्व्यवहार गरेको पत्ता लगाए। उनीहरुको कुकृत्य एक अभियुक्तको मोबाइल फोनमा रेकर्ड भएको थियो।एसटीआरका क्षेत्र निर्देशक नानासाहेबले भने, “चार अभियुक्तहरु विरुद्ध वन्यजन्तु (संरक्षण) ऐन, १९७२ को विभिन्न धारा अन्तर्गत मुद्दा दर्ता गरिएको छ।”

सह्याद्री टाइगर रिजर्भमा तैनाथ वन अधिकारीहरूले सीसीटीभी फुटेजको सहयोगमा आरोपीलाई पत्ता लगाए, जसमा उनीहरू जंगलमा घुमिरहेको देखिएका थिए। घटनाको विस्तृत जानकारी दिँदै अधिकारीहरूले भने चारैजना अभियुक्त कोंकणबाट कोल्हापुरको चन्दोली गाउँमा शिकार गर्न आएका थिए। हामीले अभियुक्तहरूबाट सबै सान्दर्भिक प्रमाणहरू बरामद गरेका छौं। उनीहरुलाई सुरुमा वन विभागको हिरासतमा राखिएको भएपनि अहिले उनीहरु सबै धरौटीमा छुटेका छन् ।

भारतमा बेङ्गाल मोनिटर लिजार्ड (गोहोरो) वन्यजन्तु संरक्षण ऐन १९७२ अन्तर्गत राखिएको प्रजाति हो। दोषी प्रमाणित भएमा ७ वर्षसम्म कैद हुनसक्छ । ‘बेङ्गल मनिटर’ भारतीय उपमहाद्वीपका साथै दक्षिणपूर्व एशिया र पश्चिम एशियाका केही भागमा पाइने ठूलो छेपारो हो। यो ठूलो छेपारो मुख्यतया जमिनमा बस्छ र यसको कुल लम्बाइ लगभग ६१ देखि १७५ सेमी (२४ देखि ६९ इन्च) हुन्छ।स्रोत-न्युज१८

प्रकाशित मिति: २०२२-०४-१५ , समय : २०:२८:०८ , ३ वर्ष अगाडि