कनकाई नगरपालिकाले कोरोना कालमा खेलेको भूमिका

चन्द्र बस्नेत , १०२६५  पटक हेरिएको

सुरुङ्गा।स्थानीय सरकारको रूपमा रहेको झापाको कनकाई नगरपालिकाले कोरोना महामारीका समयमा महत्वपूर्ण भूमिका निभाएको छ ।

विश्व कोरोना भाइरस महामारीबाट देशभर आतङ्क सिर्जना भइरहेको वेला कनकाई नगरपालिकाका जनप्रतिनिधि तथा नगरको स्वास्थ्य शाखाले नगरवासीको रक्षाका लागि स्वास्थ्यपचार लगायतका स्वास्थ्य क्षेत्रमा विविध कार्य गर्दै आएको छ । कोरोना कहरका कारण विश्व आक्रान्त बनिरहेको अवस्थामा पनि नगरले नगरवासीका लागि स्वास्थ्य रक्षाका लागि विभिन्न माध्यमबाट सर्वसाधारणको सहयोग गरेको थियो ।

नेपालमा पनि करिव २ वर्ष कोभिड–१९ का कारण विभिन्न चरण गरेर सरकारले गरेको लकडाउनमा कनकाई नगरपालिकाले विभिन्न सामाजिक संघ÷संस्थाहरुको सहकार्य तथा समन्वयमा अति विपन्न तथा विपन्न परिवारलाई उनीहरूको घर–घरमा गएर खाद्य राहत, स्वास्थ्य सामग्रीलगायतका अत्यावश्यक सामग्री वितरण गरेको थियो ।

नेपाल सरकार र बिभिन्न सामाजिक संघ÷संस्थाले सतर्कता अपनाउन बिभिन्न सूचना जारी गरेका थिए । घरबाट बाहिर निस्कन समेत नपाउने अवस्था सिर्जना भएको थियो । देशभर सवै सडक सुनसान थिए । आफन्त छरछिमेकमा समेत आवतजावत बन्द थियो ।

कुनै घरमा विदेशबाट आएका मान्छे छ भन्ने थाहा पाए त्यस घरको बाटोसम्म हिँडडुल गर्न बन्द भएको अवस्थामा पनि नगरवासीको रक्षाका लागि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल लगायतका जनप्रतिनिधिले बिभिन्न सामाजिक संघ÷संस्थाको समन्वयमा घरघरमा पुगेर राहत वितरण गरेका थिए । धेरैदिनको लकडाउनका कारण विपन्नको घरमा खाद्यान्न अभाव भइरहेको अवस्थामा दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्नेको घरमा खाद्यान्न लिएर सामाजिक संस्थासँग समन्वय गरी जनप्रतिनिधिहरू पुगेका थिए ।

झापाका सामाजिक संघ÷संस्थाले त्यस्ता परिवार पहिचान गरी नगरको समन्वयमा राहत वितरण शुरु गरेका थिए । तर, त्यो राहतले मात्र परिवार धान्न नपुगेपछि झापाका स्थानीय तहहरूले पनि आफ्ना नगरका त्यस्ता परिवार पहिचान गरी उनीहरूलाई राहत वितरण तथा स्वास्थ्य उपचार गर्न शुरु गरेका थिए । यसै क्रममा झापाको कनकाई नगरपालिकाले पनि आफ्नो नगरका विभिन्न वडा मार्फत विपन्न तथा ज्यालादारी गरी घर चलाउने परिवालाई राहत वितरण गर्न शुरु गरेको थियो ।

झापाको कनकाई नगरपालिकामा जनप्रतिनिधि आएपछि स्वास्थ्य शाखा मार्फत हालसम्म स्वास्थ्य क्षेत्रमा भएका उपलब्धीहरू सार्जजनिक गरेको छ । नगरको स्वास्थ्य शाखाले प्राथमिक स्वास्थ्य केन्द्र स्थापनासहित उपकरण जडान तथा कोरोना भाइरस महामारीको समयमा गरेको कार्य विवरण सार्वजनिक गरेको हो । नगर भित्र डिआर एक्सरे सञ्चालन, युएसजी सेवा सञ्चालन, इसिजी सेवा सञ्चालन, ल्याब सेवाको विस्तार, चौबिस घण्टे इर्मरजेन्सी सेवा सञ्चालन, स्वास्थ्य बिमा कार्यक्रम लागूपछि बिमा फार्मेसी सञ्चालनलगायतका कार्यहरू गरेको नगर प्रमुख पोखरेलले बताउनु भयो ।

कनकाई नगरपालिकाका ५ वटा वडा २, ४, ६, ७ र ८ मा आधारभूत स्वास्थ्य सेवा केन्द्रको स्थापना गरी सञ्चालन गरेको नगर प्रमुख पोखरेलले जानकारी दिनुभयो ।

त्यस्तै, कनकाई नगरपालिकाको वडा नं. १ मा नागरिक आरोग्य सेवा केन्द्र (आयुर्वेद स्वास्थ्य सेवा केन्द्र) को स्थापना गरेर सञ्चालनमा ल्याएको बताउँदै नगर प्रमुख पोखरेलले नगरको एउटा मात्र स्वास्थ्य चौकी घैलाडुब्बाको स्वास्थ्य चौकीमा ल्याब सेवा विस्तार भएको र सञ्चालनको तयारीमा रहेको जानकारी दिनुभयो । सहारा नेपालको समन्वयमा एकका लागि एक अभियान मार्फत मेची अञ्चलको मातहतमा रहने गरी कनकाईधाम कोटीहोममा पिसिआर ल्याब सञ्चालन भएर हालसम्म कार्य गरिरहेको, कोभिड १९ को पहिलो भेरियन्टको सुरुवातसँगै नगरका वडा नं. १, ३, ४, ६, ८, ९ मा अस्थायी क्वारेन्टिनको स्थापना गरी विदेशवाट आएका करिब ५ हजार जनालाई निःशुल्क पिसिआर परीक्षण गरी संक्रमितलाई अस्पताल पु¥याई उपचारको प्रबन्ध तथा संक्रमण नभएकाहरूलाई घरमै पु¥याउने व्यवस्था गरेको नगरका कोरोना फोकल पर्सन नारायण अधिकारीले जानकारी दिनुभयो ।

कोभिड–१९ को पहिलो भेरियन्टको समयमै विदेशबाट आएका नगरवासीलाई एयरपोर्ट तथा सीमा नाकाबाट ल्याएर घर–घरमा निःशुल्क पु¥याउने व्यवस्था, होम आईसोलेसनमा रहेका संक्रमितहरूका लागि स्वास्थ्य शिक्षाका साथै पोषणयुक्त खाद्यवस्तु वितरण र सिम्टोमेटिक व्यक्तिहरुलाई निःशुल्क अस्पताल पु¥याउने व्यवस्था, दोस्रो भेरियन्टको न्यूनीकरण तथा रोकथामका लागि प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा २०७८ जेठ ९ गतेदेखि २०७८ भदौ ३१ गतेसम्म २० बेडको अक्सिजनसहितको अस्थायी आईसोलेसन सञ्चालन गरी निःशुल्क ८९ जनाको उपचार गरिएको कोरोना फोकल पर्सन अधिकारीले बताउनु भयो ।

नगरमा प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गाको अस्थायी आईसोलेसनमा उपचार सम्भव नहुने संक्रमितहरूलाई दुई वटा निःशुल्क एम्बुलेन्सको प्रयोग गरी थप उपचारका लागि उच्च अस्पतालमा पु¥याइएको, प्रत्येक वडामा होम आईसोलेसनमा रहेका संक्रमितहरूको स्वास्थ्य अवस्थाको लेखाजोखा गर्न औषधीसहितको स्वास्थ्यकर्मी टोली घर पठाई स्वास्थ्योपचार, स्वास्थ्य शिक्षा तथा रेफरको व्यवस्था मिलाएको, कोभिड–१९ को सुरुवाती अवस्थादेखि संक्रमण न्यूनीकरण गर्न १२ हजार ३ सय ९० जनाको निःशुल्क आर.डि.टि, पि.सि.आर.तथा एन्टिजेन टेस्ट गरिएको अधिकारीले बताउनु भयो ।

फोकल पर्सन अधिकारीले अप्ठ्यारो र असहज परेकालाई नगरमा जुनसुकै बेला कोरोनाको बुस्टर डोज खोप उपलब्ध भएको जानकारी दिनुभयो ।

त्यसैगरी कोटिहोम पि.सि.आर. ल्याबमा २ वर्ष मुनि र ७० वर्ष माथिका नागरिकहरूको निःशुल्क जाँच भइरहेको, विभिन्न संघ÷संस्था, समुह व्यक्तिहरूबाट चन्दा सङ्कलन गरी अक्सिजन प्लान्ट निर्माण कार्य अन्तिम चरणमा पुगेको, ९ वटै वडाहरूमा स्वास्थ्य एकाइ स्थापना गरी सेवा सञ्चालन गरेको र ७ वटा स्वास्थ्य संस्थाहरू आफ्नै भवनबाट सेवा प्रवाह भइरहेको, प्राथमिक .स्वास्थ्य केन्द्रमा मेची आँखा अस्पतालको समन्वयमा आँखा जाँच सेवा सञ्चालन भएको, १५ शैय्याको कनकाई नगर अस्पतालको शिलान्यास गरी निर्माण कार्य शुरु गरिएको र प्राथमिक स्वास्थ्य केन्द्र सुरुङ्गामा २० वटा अक्सिजन कन्सन्ट्रेटर र ३५ वटा अक्सिजन सिलिन्डर थप गरी सेवा प्रदान गरिएको नगरको स्वास्थ्य शाखाले जनाएको छ ।

नगरका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले नगरमा अक्सिजन प्लान्ट सञ्चालनको अन्तिम तयारीमा रहेको बताउँदै स्वास्थ्य क्षेत्रको विकासका लागि नगरका स्वास्थ्य शाखालाई सहज वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिनुभयो ।
त्यस्तै नगर उपप्रमुख मञ्जु प्रसाईले नगरमा विशेष गरेर बालबालिका, अशक्त, अपाङ्ग र महिलाहरूको स्वास्थ्यलाई ध्यान दिदै कार्य गरेको बताउनु भयो ।

नगरको स्वास्थ्य शाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार कोभिड–१९ का कारण नगरमा १८ जना महिला र २७ जना पुरुष गरेर ४५ जनाको मृत्य भएको छ । स्वास्थ्य शाखाले उपलब्ध गराएको तथ्याङ्क अनुसार दुई हजार तीनसय ३२ जना कोरोना पोजेटिभ नगरमा रहेका थिए भने ४४ जनालाई राहत वितरण गरिएको थियो ।

यस्तैकोरोना सुरुवात बाटै हाल सम्म अक्सिजन सिलिन्डर र अक्सिजन कन्सनट्रेटर नगरभरी रहेका दम तथा अन्य दिर्ग रोगी नागरिकलाई घरघरमै २४ सै घण्टा पु¥याउने ब्यबस्थापन गरिरहेको र अहिले पनि अक्सिजन लगाउनु पर्ने सिकिस्त बिरामी जेष्ठ नागरिक , महिला तथा बालबालिका लगायतलाई लगाउन १५ ओटा अक्सिजन नागरिकहरुको घरमा दिएको कर्मचारी रोहित कोईरालाले जानकारी दिनुभयो ।

कोरोना महामारीका समयमा नगर तथा जनप्रतिनिधिहरूले विभिन्न सामाजिक संघ÷संस्थाको समन्वयमा कोरोना पोजेटिभ बिरामीलाई स्वास्थ्य सामग्री वितरण, राहत वितरण लगायत अस्पताल पु¥याउनका लागि खेलेको भूमिका प्रशंसनीय रहेको थियो ।

प्रकाशित मिति: २०२२-०४-१८ , समय : ०९:१२:०२ , ३ वर्ष अगाडि

error: Content is protected !!