झापा एक्सप्रेस , १३४५३ पटक हेरिएको
शरणामती-कनकाई नगरपालिकामा संचालन हुन् लागेको कृषि बजारका लागि कनकाईले झापा गाउँपालिकाका कृषक सँग रायसुझाव संकलन गरेको छ ।कनकाईले कृषि बजारमा झापाका कृषकलाई पनि समेट्न यहाँका कृषक सँग राय संकलन गरेको हो ।
सहज नेपालको आयोजनामा झापा-३ कामाटोली स्थित एग्री सेन्टर झापा प्रालिको कार्यालयमा सम्पन्न भेलामा कनकाई नगरपालिकाका कृषि शाखाका अधिकृत यदुकुमार उप्रेती सहितको टोलीले झापाका कृषकहरु सँग रायसुझाव संकलन गरेको छ।भेलामा कृषक सुब्रतचन्द्र राईले कृषकले समयमै रासायनिक मल नपाउने र दु;खले उत्पादन गरेको कृषि उपजको उचित बजार नपाउने भन्दै कनकाईले झापाका कृषक समेट्न आटेकोमा खुसी व्यक्त गरे।उनले कृषि बजारमा मासुजन्य उत्पादन समेत राख्न सुजाए ।
यता अर्का कृषक रामप्रसाद उप्रेतीले कृषि उत्पादनमा माटो परिक्षणको व्यवस्था गरेर कृषि आम्दानी बढाउनु पर्ने भन्दै कृषि उत्पादनले अब कनकाईको बजारमा बजार पाउनेमा आशा व्यक्त गरे।त्यस्तै आफ्नो धारणा राख्दै टाघनडुब्बा साना किसान सहकारीका अध्यक्ष समेत रहेका केशव कटुवालले कनकाईले कृषि बजार स्थापना गर्दा बदशाला सहितको बजार स्थापना गर्नु पर्नेमा सुझाउदै आफ्नो सहकारीले झापाका कृषकहरुलाई सहुलियत व्याजदरमा ऋण दिएर सहयोग गर्ने प्रतिबद्दता व्यक्त गरे ।उनले कामाटोलीमा आफ्नो सहकारीले कृषि बजारका लागि भवन समेत निर्माण गर्दै गरेको बताए।यसै संधर्बमा कुरा गर्दै यहाँका केरा किसान चन्द्रप्रसाद बस्नेतले कृषि बजारमा आग्रनिक कृषि उपजको छुट्टै स्टल राख्न सुझाए।त्यस्तै कृषक तथा संबिधान सभा सदस्य पुजा खनालले कृषि बजार संचालनमा गठन गरिने व्यवस्थापन समिति सवल हुनु पर्नेमा जोड दिइन ।
सुझाव संकलन गर्न आएको कनकाईको टोलीले झापाका कृषकको उचित रायसुझावलाई विधानमा लेख्ने बताएको छ ।कनकाई-३ मा निर्माणाधीन रहेको बृहत कृषि वजारमा चालु आर्थिक वर्षमा करिव १ करोड ५० लाख बजेट बिनियोजन भई काम सुचारु रहेको अधिकृत यदुकुमार उप्रेतीले बताए।उनले कृषि बजारले अधिकतम कनकाईका कृषकलाई समेट्ने र दिर्घकालिन बजार संचालनका लागि झापा र सिवसताक्षीका कृषकलाई समेट्ने लक्ष राखेको जानकारी दिए ।
प्रकाशित मिति: २०२२-०४-१९ , समय : २०:०६:३२ , ३ वर्ष अगाडि