इश्वर साक्षी राखेर भ्रष्टाचार नगर्ने बाचा सहित उम्मेदवारी घोषणा

झापा एक्सप्रेस , १२२२२  पटक हेरिएको

शरणामती।राप्रपाको झापा गाउँपालिका समितिले झापा-६ शरणामती स्थित सिद्देश्वर शिवालय र दुर्गा मन्दिर परिषरमा इश्वर साक्षी राखेर भ्रष्टाचार नगर्ने बाचा सहित उम्मेदवार सर्वसम्मत गरेको छ।

समितिले झापा गाउँपालिका अध्यक्ष पदमा चन्द्रबहादुर कार्की,वडा-६ को वडाध्यक्षमा हस्तबहादुर बोहोरा(कुमार) र क्रमशः ६ नम्बर वडासदस्य पदका लागि खगेन्द्र सिलवाल,दोर्णबहादुर पौडेल,महिला सदस्य हुमादेवी कार्की र दलित सदस्यमा गंगा पाचँकोटी लाई उम्मेदवारीका लागि सर्वसम्मत गरेको हो।

मन्दिर परिषर भित्रै कार्यक्रमको आयोजना गरेको राप्रपाले विभिन्न पदका प्रत्यासी उम्मेदवारले देश र जनताका लागि मन्दिरलाई साँची राखेर बाचा गरेर मात्र उम्मेदवारी घोषणा गर्नु पर्ने केन्द्रकै सर्कुलर भएकाले यसो गरेको बताएको छ।

कार्यक्रममा वडाध्यक्षमा राप्रपा झापा गाउँपालिकाले सर्वसम्मत गरेका बोहोराले आफ्नो प्रतिवद्दता समेत पढेर सुनाए।उनले पार्टीको सिद्धान्त अनुरुप देश र जनताको हितका लागि वडास्तरबाटै भ्रष्टाचार मुक्त वडा बनाउँदै १ रुपैयाँ पनि अनिमियता गर्न नदिइ विपन्नको हितमा काम गर्ने बताए।
मन्दिरको परिषरमा उभिएर ´भ्रष्टाचार गर्नु आमाको रगत खानु बराबर हुने पार्टीको सिद्धान्त रहेकोले दुर्गाकाली र सिद्देश्वर महादेवलाई कसम खाएर आफ्नो उम्मेदवारी घोषणा गर्दछु` उनले भने।

प्रकाशित मिति: २०२२-०४-२१ , समय : १६:३९:१८ , ३ वर्ष अगाडि

error: Content is protected !!