गाउँपालिका प्रहरी सहित धनीपुर्जा वितरण गर्ने घोषणाका साथ बजगाईको उम्मेदवारी 

झापा एक्सप्रेस , १५१०६  पटक हेरिएको

शरणामती।नेकपा माओवादी केन्द्र झापा गाउँपालिकाले अध्यक्ष पदको उम्मेदवार सर्वसम्मत गरेको छ।

आज बिहिबार झापा-३ कामाटोलीमा भएको माओवादी भेलाले बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा माओवादी केन्द्रको तर्फबाट अध्यक्ष पदको उम्मेदवार रुद्र बजगाईंलाई बनाउने निर्णय गरेको हो।सर्वसम्मत भएका बजगाईंले पार्टीलाई धन्यवाद दिदै आफ्ना एजेन्डा समेत प्रस्तुत गरे। बजगाईले संविधानले निर्माण गरेको नमुना गाउँपालिका निर्माणका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् ।

उनले स्थानीय सडक,ग्रामीण सडक,कृषि सडक र सिचाईं प्राथमिकतामा राख्ने बताए।स्थानीय कर,विकासका आयोजना परियोजना,आधारभुत माध्यमिक शिक्षालाई वैज्ञानिक ढंगले सञ्चालन गर्ने बताए। बजगाईले स्थानीय अदालतको सञ्चालन समेत गर्ने बताएका छन् ।

उनले थप्दै भने आफूले जितेर गाउँपालिका अध्यक्ष भए गाउँपालिका प्रहरी,घरजग्गा धनिपुर्जा वितरण,एफ.एम संचालन गर्ने उद्देश्य रहेको छ।बजगाईले उम्मेदवारी घोषणा गर्दै स्थानीय तहको स्थापनानै माओवादी केन्द्रले गरेको जिकिर गरे ।गाउँ गाउँमा सिंहदरबार माओवादीकै नारा हो अब जसको नीति उसको नेत्रित्व बनाउन सहयोग गर्नुहोस उनले भेलामा आग्रह गरे ।

सत्तारुढ गठबन्धनको तालमेलका विषयमा बहस चलिरहँदा झापा गाउँपालिकामा भने गठबन्धन दल नेपाली कांग्रेस,माओवादी केन्द्र,जनता समाजवादी पार्टीको आ–आफ्नो पार्टीबाट विभिन्न पदका लागि उम्मेदवार सर्वसम्मत गर्ने र उम्मेदवारी घोषणा गर्ने कार्य जारी रहेको छ।

प्रकाशित मिति: २०२२-०४-२१ , समय : १९:१३:३९ , ३ वर्ष अगाडि

error: Content is protected !!