झापा एक्सप्रेस , १२०९९ पटक हेरिएको
बिर्तामोड ।झापामा गठबन्धन दलहरुबिच सहमति नजिक पुगेको भनिएको भोलिपल्टै नेकपा (एकिकृत समाजवादी)ले उम्मेदवारको नामावली सार्वजनिक गरेको छ ।समाजवादीले झापाका १५ वटै पालिकामा उम्मेदवारी घोषणा गरेको हो ।
कांग्रेसले अधिकांश पालिकाको प्रमुख पदमा आफ्नो दावी नछाडेपछि गठबन्धनमा सकस भएको छ । गठबन्धन दलहरु बिच भागबण्डा नमिलेपछि समाजवादी बाहिरिएको बताइएको छ । समाजवादीले बिर्तामोड र शिवसताक्षीको उपप्रमुख मागेको थियो तर, अर्जुनधारा र कमल गाउँपालिकाको उपप्रमुख र उपाध्यक्षमात्र दिन गठबन्धन तयार भएपछि समाजवादीले एकलौटी उम्मेदवारको सूची सार्वजनिक गरेको बुझिएको छ । पार्टीले गौरीगञ्ज र हल्दिबारीको उपप्रमुख बाहेक सबै पालिकाको प्रमुख र उपप्रमुखको नामावली सार्वजनिक गरेको हो । समाजवादीका झापा प्रचार विभाग प्रमुख तीर्थ सिग्देलले सामाजिक संजालमार्फत उम्मेदवारहरुको नामावली सार्वजनिक गरेका हुन् ।
हेर्नुहोस समाजवादीले सार्वजनिक गरेको उम्मेदवारहरुको नामावली
१. मेचीनगर प्रमुख : शारदा शर्मा, अर्जुन पौडेल, लक्ष्मी थिङ
उपप्रमुख : बीपी भट्टराई, शंकर थापा, विमला देवकोटा
२. बुद्धशान्ती प्रमुख : दुर्गा आचार्य, पुष्प खतिवडा
उपप्रमुख : प्रदीप धिमाल
३. अर्जुनधारा प्रमुख : भास्कर काफ्ले, प्रत्युश राना
उप प्रमुख : रमा खवास, प्रेमसागर सापकोटा, अम्बिका खतिवडा
४. बिर्तामोड प्रमुख : चन्द्रकला घिमिरे, चेतानन्द निरौला
उपप्रमुख : तीर्थ सिग्देल, श्रीप्रसाद सिटौला
५. कनकाई प्रमुख : नारायण सिंह राजवंशी
उपप्रमुख : अम्बिका उप्रेती
६. भद्रपुर प्रमुख : पुष्प पोखरेल, दुर्गा भट्टराई
उपप्रमुख : पदम लिम्बू, टीका रेग्मी, कुज्जा रुचाल
७. शिबसताक्षी प्रमुख : नवीन इजम
उपप्रमुख : यसोधा भट्टराई
८. कमल प्रमुख : हरीमाया मैनाली, खगेन्द्र बाराकोटी
उपप्रमुख : होमबहादुर बराल, चन्द्रकला भण्डारी, राम भण्डारी
९. गौरादह प्रमुख : खगेन्द्र दाहाल, नारायण राजवंशी
उपप्रमख : लक्ष्मीदेबी चौधरी
१०. कचनकवल प्रमुख : खेपचरण यादब
उपप्रमुख : मेहरमान राजवंशी
११. दमक प्रमुख : इन्द्र बुडाथोकी, भरतबाबू कार्की
उपप्रमुख : रामकुमारी तामाङ, लक्ष्मी चौधरी
१२. बाह्रदशी प्रमुख : लक्ष्मी पकुवाल, सीताराम बस्नेत
उपप्रमुख : सुस्मा मुर्मु
१३. गौरीगन्ज प्रमुख : हिराकाजी गिरी, हुपनारायण राजवंशी
१४. झापा प्रमुख : रामबहादुर खड्का
उपप्रमुख : इस्वरप्रसाद दाहाल
१५. हल्दिवारी प्रमुख : टीका पौडेल
परिवेश मिडियाबाट
प्रकाशित मिति: २०२२-०४-२१ , समय : २०:१०:१६ , ३ वर्ष अगाडि