झापामा गठबन्धन दलको तर्फबाट क–कसले दिए प्रमुख र उपप्रमुखमा उम्मेदवारी ?

झापा एक्सप्रेस , १९५५०  पटक हेरिएको

बिर्तामोड । आसन्न स्थानीय तह निर्वाचनमा झापामा नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबिच गठबन्धन भएको छ । कांग्रेस र माओवादीले प्रमुख र उपप्रमुखमा १० वटा पालिकामा सहमति गरेका छन् । त्यसमध्ये ९ वटा पालिकाको प्रमुख र एउटाको उपप्रमुख नेपाली कांग्रेसले लिएको छ भने नेकपा माओवादीले ९ वटा पालिकाको उपप्रमुख लिएको छ । दमक नगरपालिकाको प्रमुख राष्ट्रिय प्रजातन्त्र पार्टीलाई दिने गठबन्धनबिच सहमति भएको छ ।

हल्दिबारी गाउँपालिकाको प्रमुख नेकपा माओवादीले लिने गरी छलफल भइरहेको माओवादी केन्द्र झापाका सहइञ्चार्ज सिपी कडरियाले जानकारी दिए । यद्यपी हल्दिबारीमा दुवै दलले आफ्नो तर्फबाट प्रमुख र उपप्रमुखमा मनोनयन दर्ता गराएका छन् । बाँकी पालिकामा मित्रवत प्रतिष्पर्धा गर्ने दलहरु बिच सहमति भएको छ ।

हेर्नुहोस मनोनयन भएको नामावली

प्रकाशित मिति: २०२२-०४-२५ , समय : १९:४७:१८ , ३ वर्ष अगाडि

error: Content is protected !!