झापा गाउँपालिका-मनोनयन दर्ता गरेका दुई जनाले फिर्ता लिए आफ्नो उम्मेदवारी

झापा एक्सप्रेस , १३३०३  पटक हेरिएको

शरणामती।झापा गाउँपालिका निर्वाचन अधिकृतको कार्यालयमा ११ र १२ गते भएको मनोनयन दर्तामा विभिन्न पदका लागि जम्मा १७५ जनाले मनोनयन दर्ता गराएका थिए।जसमा रित नपुगी मनोनयन दर्ता गराउनेमा एक वडा सदस्य रहेका थिए।

अधिकृत कार्यालयमा मनोनयन दर्ता गर्ने कुल १७४ जना उम्मेदवार मध्ये अध्यक्ष ८ जना,उपाध्यक्ष ६ जना,वडाध्यक्ष ४७ जना,महिला सदस्य २८ जना,दलित महिला सदस्य २४ जना,खुल्ला सदस्य ६१ जना गरेर १७४ जनाको रित पुगेका मनोनयन दर्तामा निर्वाचन अधिकृतको कार्यालय निर्वाचान तालीका अनुसार आज शुक्रबार उम्मेदवारी फिर्ता लिने समयमा यहाँका दुई उम्मेदवारले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् ।

उम्मेदवारी फिर्ता लिनेमा उपाध्यक्ष पदमा स्वतन्त्रबाट उम्मेदवारी मनोनयन गराएका केशब बजगाई र वडा नं ७ बाट वडाध्यक्ष पदमा मनोनयन दर्ता गराएका जसपाका प्रकाश राई रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

बैशाख ३० गते हुने स्थानीय तहको चुनावमा झापा गाउँपालिकाबाट १७२ जना उम्मेदवारले प्रतिस्पर्धा गर्ने भएका छन् ।

उम्मेदवारहरुको अन्तिम नामावली यसप्रकार रहेको छ।

अध्यक्ष 

गौरीशंकर राजबंशी (नेकपा एमाले)
चन्द्रबहादुर कार्की (राष्ट्रिय प्रजातन्त्र पार्टी)
जयनारायण साह (नेपाली कांग्रेस)
दुर्गादेवी तामाङ (मंगोल नेसनल अर्गनाइजेसन)
मोहित लाल कामती (जनता समाजवादी नेपाल)
रुद्र बजगाईं (नेकपा माओवादी केन्द्र)
लक्ष्मी प्रसाद गणेश (स्वतन्त्र)
लोथ्रो हेमरम (जनमत पार्टी)

उपाध्यक्ष

देवीमाया अधिकारी (नेकपा एमाले)
तारामाया राई (राष्ट्रिय प्रजातन्त्र पार्टी)
अन्जु देवी थपलिया (नेपाली कांग्रेस)
इश्वरप्रसाद दाहाल(नेकपा एकीकृत समाजवादी)
मुन्नावती गणेश (नेकपा माओवादी केन्द्र)

वडा नं १ को वडाध्यक्ष 

गणेशप्रसाद राजबंशी (स्वतन्त्र)
जालिम मियाँ (माओवादी केन्द्र)
पवनलाल कोच (जसपा)
माधवप्रसाद पोखरेल (नेकपा एमाले)
राजकुमार यादव (नेपाली कांग्रेस)
रामबहादुर कार्की (राप्रपा)

वडा नं २ को वडाध्यक्ष

गोपाल राउत (राप्रपा)
तेजनारायण राजबंशी (माओवादी केन्द्र)
नेत्रबहादुर खड्का (एमाले)
मोहनकुमार कार्की (स्वतन्त्र)
हिमाल कुमार चौलागाईं (नेपाली कांग्रेस)

वडा नं ३ को वडाध्यक्ष

खड्गनारायण राजबंशी (एमाले)
खड्ग बस्नेत (माओवादी केन्द्र)
भागिरथ प्रसाद गणेश (कांग्रेस)
यामबहादुर कार्की (राप्रपा)
राम कुमार हस्दा (जनमत पार्टी)
शुभासलाल गणेश (स्वतन्त्र )

वडा नं ४ को वडाध्यक्ष

उमाप्रसाद गणेश (जसपा)
मण्डल मर्डी (माके)
महमद ताहिर (नेका)
रबिन्द्र कुमार खत्री (राप्रपा)
राजु भारती (एमाले)
रामेश्वर प्रसाद गणेश (लोसपा)

वडा नं ५ को वडाध्यक्ष

अबेदुल मियाँ (स्वतन्त्र)
कृष्ण प्रसाद राजबंशी (स्वतन्त्र )
नन्दकिशोर पोद्दार (नेका)
भाद्रुलाल गणेश (लोसपा)
रत्न प्रसाद दुलाल (एमाले)
रहमतुल्ला मियाँ (राप्रपा)
बिष्णु महतो (जसपा)
सादिक अली (माके)

वडा नं ६ को वडाध्यक्ष

चन्द्र बहादुर तामाङ (मंगोल नेसनल अर्गनाइजेसन)
नविनकिशोर थापा (नेका)
राजमणी रसाइली (माके)
हस्तबहादुर बोहोरा (राप्रपा)
हिमबहादुर कार्की (एमाले)
हेम कुमार प्रधान (जसपा)

वडा नं ७ को वडाध्यक्ष

जीवनाथ लम्साल (एस)
टीका प्रसाद चुडाल (स्वतन्त्र )
टीका प्रसाद प्रसाईं (स्वतन्त्र )
देवान टुडु (जनमत)
मनोहरी उप्रेती (स्वतन्त्र )
यज्ञप्रसाद उप्रेती (राप्रपा)
लोकबहादुर बस्नेत (माके)
शखीचन्द्र ठाकुर (नेका)
शारद तिमल्सिना (एमाले)

प्रकाशित मिति: २०२२-०४-२९ , समय : १७:५५:५६ , ३ वर्ष अगाडि

error: Content is protected !!