झापा गाउँपालिका-६ का वडाध्यक्ष थापाको पहिलो निर्णय,वडाबाटै सामाजिक सुरक्षा भत्ता वितरण गर्ने

झापा एक्सप्रेस , १४९८७  पटक हेरिएको

शरणामती।झापा गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष नविनकिशोर थापाले पदभार ग्रहणसँगै एउटा निर्णय गरेका छन् ।

उनले अब वडाबासीले सामाजिक सुरक्षा भत्ता लिन बैंकमा लाइन बसेर कुर्नु पर्ने वाध्यताको अन्त्य गर्ने बताए ।‘सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई वडा कार्यालयको समन्यवमा वड़ा कार्यालय बाट भत्ता उपलब्ध गराउने छौ।` थापाले भने ।

थापाले पदभार ग्रहण गर्दै लिखितरुपमै आफ्नो निर्णयमा हस्ताक्षर गरेका छ्न।

आज बुधवार गाउँपालिकामा अध्यक्ष जयनारायण साहबाट पद तथा गोपनियताको शपथ लिएका थापाले आजै पदभार गरेका हुन् ।

प्रकाशित मिति: २०२२-०५-२५ , समय : १७:४५:५३ , ३ वर्ष अगाडि

error: Content is protected !!