नेपाली कांग्रेस गाउँपालिका सभापति कार्यपालिका सदस्यमा निर्वाचित

झापा एक्सप्रेस , ९५१०  पटक हेरिएको

शरणामती।नेपाली कांग्रेस झापा गाउँपालिकाका सभापति सागिरथप्रसाद गणेश गाउँ कार्यपालिकाको सदस्यमा निर्वाचित भएका छन् ।१३ गते अल्पसंख्यक कोटाबाट उम्मेदवारी दिएका गणेश आज बुधवार भएको निर्वाचनबाट सदस्यमा निर्वाचित भएका हुन् ।

गणेश संगै निर्वाचित हुनेमा दलितबाट नेपाली कांग्रेसकै दिलिप विश्वकर्मा,महिला सदस्यहरुमा नेपाली कांग्रेसकै अनिताकुमारी केसी,कबिता सोरेन,लक्ष्मीकुमारी गणेश र असमेरी खातुन निर्वाचित भएका छन् ।

गाउँ कार्यपालिका सदस्य पदको लागि दलित वा अल्पसंख्यकबाट नेकपा एमालेका दुई र नेपाली कांग्रेसका दुई जना गरेर जम्मा चार जनाले मनोनयन दर्ता गराएका थिए।त्यस्तै महिला सदस्यमा नेकपा एमालेका दुई जना र नेपाली कांग्रेसका चार जना गरेर जम्मा छ जनाले मनोनयन दर्ता गराएका थिए।

प्रकाशित मिति: २०२२-०६-०१ , समय : १८:३७:२० , ३ वर्ष अगाडि

error: Content is protected !!