भारतमा सामूहिक बलात्कारका आरोपीलाई जिउँदै जलाइयो

झापा एक्सप्रेस , २८०६४  पटक हेरिएको

भारतको झारखण्डमा बलात्कारका आरोपीलाई जलाएको घटना सार्वजनिक भएको छ ।गुमलामा आक्रोशित गाउँलेहरूले बलात्कारको आरोपमा दुई युवालाई कुटपिट गरी मट्टितेल छर्केर जिउँदै जलाएका छन्। घटना बुधबार राति गुमला प्रहरी चौकी अन्तर्गत वसुआ अम्बाटोलीमा भएको हो ।जलेका दुई युवामध्ये एकको मृत्यु भएको छ ।

भारतीय संचार माध्यमका अनुसार १७ वर्षीय किशोरी आमाबुवासँगै विवाह समारोहमा सहभागी हुन आफन्तको घर गएका थिइन।त्यहाँबाट फर्किदा बस उपलब्ध थिएन ।यसैबीच पीडितका बुबाले सुनिल उराँव र आशिष उराँवलाई मोटरसाइकलमा वसुआ आउँदै गरेको देखे र छोरीलाई घर लैजान भने ।

सबै एउटै गाउँका भएकाले पीडितका बुवाले विश्वास गरेर छोरीलाई युवकहरुसँग पठाए ।दुवैले बालिकालाई सकुशल घर नपुर्याई बाटोमै बलात्कार गरे। त्यसपछि उनलाई घर लगेर छोडिदिए।

पीडित युवतीले घटना परिवारका सदस्यहरुलाई सुनाइन्।आक्रोशित आफन्तले दुवै युवालाई कुटपिट गरी गाउँ अम्बाटोली ल्याएका थिए ।अम्बाटोलीमा कुटपिट गरी मट्टितेल छर्केर दुवैलाई आगो लगाइयो।

दुवै युवा निकै जलेका थिए । युवकका आफन्तले उपचारका लागि सदर अस्पताल ल्याए,जहाँबाट डाक्टरले रिम्स रेफर गर्दा एक युवकको मृत्यु भएको थियो ।मृत्‍यु हुनेमा सुनील उराव रहेका छन् भने घाइते हुनेमा आशिष उराव रहेका छन् ।

गुमलाका एसपी एहतेशाम बकरीबले भारतीय संचार माध्यमलाई घटना राति भएको बताएका छन् ।दुवै अभियुक्तलाई गाउँलेहरुले आगो लगाएका थिए ।यस विषयमा अनुसन्धान भइरहेको छ । कानुन हातमा लिनेलाई छाडिने छैन बकरीबले भने।

प्रकाशित मिति: २०२२-०६-०९ , समय : २१:३०:३४ , ३ वर्ष अगाडि

error: Content is protected !!