रोशन काफ्ले , १४६४७ पटक हेरिएको
नयाँबजार । महाशिवरात्रीको अवसर पारेर इलामको माईजोगमाई गाउँपालिका–१ स्थित श्री पञ्चकन्या सिंहदेवी मंन्दिर होर्मुखोला लप्सिबोटेमा आज सामुहिक पुजा तथा मन्दिरलाई योगदान पु¥याउने व्यक्तिहरुलाई सम्मान कार्यक्रम सम्पन्न भएको छ । लामा गुरुहरु तथा पण्डितगुरु द्वारा पाठ पूजा र प्रवचन गरिएको हो ।
श्री पञ्कन्या सिंह देवि स्थान संरक्षण समितिको आयोजनामा भएको कार्यक्रममा करिव ५०० बडि भक्तजनहरुको उपस्थिति थियो । मंन्दिर संरक्षण समिती अध्यक्ष बिनु मगरको अध्यक्षता एवम माईजोगमाई गाउपालिका अध्यक्ष जितबहादुर राईको प्रमुख आतिथ्यता रहेको कार्यक्रममा मंन्दिर संरक्षिका आवल ब्रम्हचारी सुश्री पुर्ण कुमारी निरौला गाउँपालिका उपाध्यक्ष सावित्रा देवि भट्टराईको विशेष आतिथ्यता रहेको थियो ।
वडा नं १ का वडाअध्यक्ष याम कुमार कार्की, वडा नं ३ का अध्यक्ष याम प्रसाद लामा विभिन्न सामाजिक व्यक्तिहरु पत्रकार प्रहरी लगायत अतिथिहरु रहेका थिए । विभिन्न सामाजिक व्यक्तिहरुले मन्दिर निर्माणमा सहयोग समेत गरेका छन । समाजसेवि तथा युवानेत्री कुसुम दहालले मन्दिरको भवनमा लाग्ने सम्पूर्ण रंङ्ग रोकन गरिदिने प्रतिवद्धता जनाइन् ।
त्यस्तै समाजसेवी छत्रमणी पौडेलले मन्दिरको निर्माणका लागि एउटा पिलर खर्च दिने आयोजकले बताएको छ । कार्यक्रमको प्रमुख अतिथि माईजोगमाई गाउपालिका प्रमुख जितबहादुर राइले कार्यक्रममा बोल्दै बिकास निर्माणको काममा गाउपालिका सदैव लागिरहने बताए । गाउँपालिकाको पर्यटन प्रर्वद्धन गर्नको लागि पंचकन्या मन्दिरमा पनि शिवको मुर्ति प्रदान गर्ने गाउपालिका अध्यक्ष राईले प्रतिवद्दता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै बिशेष अतिथी माईजोगमाई गाउपालिका उपाध्यक्ष साबित्रा देवि भट्टराईले गाउँपालिकाले जुनसुकै क्षेत्रमा सहयोग गरेको र अगाडि पनि गर्दै लग्ने बताइन । २१३ बर्ष अगाडि स्थापना भएको मन्दिरको निर्माणको काम धमाधम भइरहेको छ ।
मन्दिरमा बिशेश पर्वका बेला मन्दिर भित्रको शिलामा आफै दियो बल्ने बाघको गर्जन सुनिने अन्य जिबजन्तुको आवाज समेत सुनेको मंन्दिर संरक्षण समितिका उपाध्यक्ष भेषराज पौडेलले जानकारी दिए ।
पछिल्लो समय माईजोगमाई गाउपालिकाले भवन पुनः निर्माणका लागि ४ लाख रकम बिनियोजन गरेको थियो भने मन्दिर निर्माणकै लागि आज पनि केही रकम उठेको प्रेम पौडेलले जानकारी दिए । कार्यक्रमको संचालन मन्दिर संरक्षण समिति सचिव घनश्याम निरौलाले गरेका हुन ।
प्रकाशित मिति: २०२२-०३-०१ , समय : २१:४६:५७ , ३ वर्ष अगाडि