झापा क्षेत्रमा भारी वर्षा, तटीय क्षेत्रमा सतर्कता अपनाउन अपिल

न्युज कारखाना , १७८०८  पटक हेरिएको

काठमाडौं-झापा क्षेत्रमा गए राती देखी  वर्षा  जारी रहेको छ ।

बाढी पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो ६ घण्टामा झापाको भद्रपुर, विर्तामोड,  शनिश्चचरे, आसपास भारी वर्षा मापन भएको छ  र थप वर्षा हुने पूर्वानुमान महाशाखाले गरेको छ ।

मेची, बिरिङ, निन्दा, गेउरिया र आसपासका साना नदीमा एक्कासी बहाव  हुनसक्ने भएकाले तटीय क्षेत्रमा सतर्कता अपनाउन भनिएको छ ।
देशभर मनसुन सक्रिय भएपछि वर्षा भइरहेको हो ।

प्रकाशित मिति: २०२२-०६-२८ , समय : ०९:५६:४६ , ३ वर्ष अगाडि

error: Content is protected !!