Jhapa Express , ११३१८ पटक हेरिएको
शरणामती –गृहमन्त्रालयले बिहीबार (भोलि) सार्वजनिक बिदा दिने भएको छ ।
शेर्पा समुदायको ग्याल्पो ल्होसारको अवसरमा मन्त्रालयले सार्वजनिक बिदा दिने निर्णय गरेको हो ।
मन्त्रीस्तरिय निर्णयबाट भोलि बिहीबार सार्वजनिक बिदा दिने भएको मन्त्रालयले जनाएको छ । ग्याल्पो ल्होसार बौद्ध धर्मालम्बीहरुको एक प्रमुख चाड हो ।ग्याल्पो ल्होसारलाई फागुन शुक्ल प्रतिपदाको दिन मनाउने गरेका छन् ।
प्रकाशित मिति: २०२२-०३-०२ , समय : १९:२६:०१ , ३ वर्ष अगाडि