Jhapa Express , २४४१४ पटक हेरिएको
लेखनाथ चापागाईं
शरणामती ।झापा गाउँपालिका-३ की चन्द्रकला राजवंशी १५ गते बिहान ११ बजे हतार हतार रातो साडीमा सजिइन। कारण-उनलाई वडाध्यक्ष मोतीलाल गणेशले गाउँपालिकाको प्रसाशनिक भवन उद्घाटनमा झाँकी र बाजागाजा सहित गाडी लिन आउँछ भनेका थिए। राजबंशी परिवारले प्रसाशनिक भवन निर्माणको लागि गाउँपालिकालाई १०.५ कठ्ठा जग्गादान गरेका थिए।रातो साडीमा सजिएर चन्द्रकला त्यो चिल्लो गाडीलाई आउने कल्पनामा बसिरहिन।तर- न त गाडी नै आयो न त झाँकी र बाजागाजा नै आए।यता प्रशासनिक भवनको उद्घाटनमा एकजमात नाचगानामा मस्त थियो।त्यसो त जग्गादाता वडाध्यक्षको मौखिक निम्तोमा सबै ठाँटबाँटमा सजिएका थिए।
गाउँपालिका भवन उद्घाटनमा औपचारिक पत्रद्वारा निम्तो भने नदिएको जग्गादाता बताउछन।भवन निर्माणका लागि स्थानीयदाता नगेन्द्रप्रसाद राजवंशी, चन्द्रकला राजवंशी,देबेन्द्र सिंह राजबंशी को १०.५ कठ्ठा,आदुलदेवी राजवंशीको १.५ कठ्ठा, चित्रबहादुर श्रेष्ठको १ कठ्ठा र निताई राजवंशीले ४ कठ्ठा संयुक्तरुपमा सत्र कठ्ठा जग्गा निःशुल्क प्रदान गरेका थिए ।
करिव ५ करोड मूल्य बराबरको जग्गादान गर्ने जग्गादातालाई गाउँपालिकाले स्मरण समेत नगरेको जग्गादाताको गुनासो रहेको छ।कार्यक्रम स्थलमा गएकी निताई राजबंशीकि श्रीमती रसोदेवी राजबंशी नयाँ भवनको खुट्किलोमा बसेर भाषण सुनिन।उनले आँफूलाई कसैले वास्ता नगरेको बताइन। भवनको रिबन काटेर उद्घाटन गरेपछि मात्र जग्गादातालाई सम्झियो,जग्गादाता बस्ने कुर्सी राखियो तर ती कुर्सी गलत समयमा राखिएको जग्गादाताको बुझाई छ।
कार्यक्रमको सेड्युलनै गलत भएको जग्गादाता निताई राजबंशीका छोरा भुवन राजबंशीले बताए ।आफ्नो गाउँपालिकाको भवन आफैंले उद्घाटन गर्नु अनि जग्गादातालाई समेत वेवास्ता गर्नु,पालिका प्रमुखको रिवन काट्ने सौख मात्र भएको भन्दै आक्रोश पोखे।भवन उद्घाटन त नेताहरुको भोट तान्ने माध्यम मात्र भयो उनले भने।यसबारे स्थानीयले समेत गाउँपालिकाले गम्भीर गल्ती गरेको बताएका छन् ।
यता पालिका प्रमुख जयनारायण साहले भने कार्यक्रममा मन्तव्यकै क्रममा गाउँपालिकाका जनप्रतिनिधिले दु:खले बनाएको भवन हो भन्दै आफ्नै जनप्रतिनिधिबाट उद्घाटन गरेर केही गल्ती नगरेको अविव्यक्ती दिएका छन।जग्गादाताको सम्मान बारे वडाध्यक्ष्य मोतीलाल गणेशले गम्भीर गल्ती भएको स्विकार्दै जग्गादातालाई गाडीमा ल्याउन सवारी चालकलाई भनेको बताए।मैले गाडीलाई जानू भनेको थिए तर गाडीचालक गएनछन् उनले भने।
प्रकाशित मिति: २०२२-०३-०२ , समय : २०:५६:१७ , ३ वर्ष अगाडि