स्पेनमा तातो हावाका कारण १० दिनमा ५ सय जनाको मृत्यु

न्युज कारखाना , १९३२८  पटक हेरिएको

एजेन्सी
म्याड्रिड-अत्यधिक गर्मीका कारण स्पेनमा १० दिनमा ५ सयभन्दा बढी मानिसको मृत्यु भएको छ । स्पेनका प्रधानमन्त्री पेड्रो सान्चेजले सो जानकारी दिएका हुन् । पछिल्ला दिनमा स्पेनमा अत्यधिक गर्मी रेकर्ड गरिएको छ ।

‘ताप लहरका कारण १० दिनमा ५ सय भन्दा बढी मानिसको मृत्यु भएको छ’, उनले भने, ‘म नागरिकहरूलाई अत्यधिक सावधानी अपनाउन आग्रह गर्दछु ।’
पछिल्लो समयमा पश्चिमी युरोपको तापक्रम ४५ डिग्री सेल्सियससम्म पुगेको छ ।

प्रकाशित मिति: २०२२-०७-२१ , समय : १९:५९:०४ , २ वर्ष अगाडि