कनकाईको नमुुना विद्यालयको जाली काम,पुरानो भवनमा तला थपेर रकम निकासा

लिलाराज झापाली , २५८३३  पटक हेरिएको

फोटो ः सिंहदेवि आधारभुत विद्यालय र पछाडि बनिसकेको विद्यालयको भवन-लिलाराज झापाली

कनकाई-झापाको कनकाई नगरपालिका ४ मा अवस्थित सिंहदेवि आधारभुत विद्यालयले पुरानो टिनको कच्ची भवनमाथि तला थपेर १८ लाख रुपैँया निकासा गरेको पाइएको छ ।

राष्ट्र«पति शैक्षिक सुधार सुधार कार्यक्रम अन्तर्गत विद्यालयले दुई कोठे विद्यालय भवन निर्माणका लागि १८ लाख रुपैँया पाएको थियो । उक्त रकमलाई विद्यालयले आफ्नो पुरानो टिनको भवनमाथि टिन उक्काएर सोहि भवनमा अर्को तला थपेर रकम निकासा गरेको हो ।

पहिले तला नथप्नेगरि बनाएको पुरानो टिनको छानो भएको भवनमा रड समेत छैन भने बनाइएको उक्त भवन भुकम्परपहित समेत नभएको स्थानीय विक्रम पाण्डेले बताउँनुुभयो । विद्यालयलाई दिइएको उक्त रकम जग समेत खनेर रड लगाएर मजबुद बनाउनका लागि दिइएको भएपनि टिनको छानो भत्काएर हल्का रुपमा भवन बनाएको भन्दै बनेको उक्त भवन जतिपनि वेला ढल्न भत्किन सक्ने भन्दै स्थानीयले विरोध जनाएका छन । गत २०७८ साल चैत्र १० गते सुरु गरिएको सम्झौतामा यहि २०७८ साल असार १५ गते निर्माण सकाउने सम्झौतामा उल्लेख छ । हाल निर्माण समिमिले सबै रकम खातामा निकालिसकेपनि हाल कनकाई नगरपालिकाले भने उक्त विद्यालयको भवनको निर्माण कार्य रोक्न निर्देशन दिएको छ । आफुहरु निर्वाचनमा भएको र निर्वाचित भएर आएपछि उक्त विद्यालयमा जादा भवन जतिपनि वेला भत्किन सक्ने अवस्थाको भएकोले तत्काल रोक्न निर्देशन दिएको कनकाई ४ का वार्डअध्यक्ष रोषन सुुवेदीले बताउँनुभयो । भवन निर्माण रोक्न निर्देशन दिएपनि नगरपालिकाकै कर्मचारीको मिलोमतोमा रकम सबै निकासा भइसकेको पाइएको वार्डअध्यक्ष सुवेदीको भनाई छ ।

यसवारेमा कनकाई नगरपालिकाका शिक्षा साखा अधिकृत हरिप्रसाद मिश्रले रकम निकासा नगरे फ्रिज भएर जाने भएकोले रकम निकासा गरेको तर विद्यालयले बनाएको उक्त भवन भने फेरि नभत्काई नहुने अवस्थाको पाइएको बताउँनुभयो । कतिपय अवस्थामा हाम्रो पनि गल्ती कमिकमजोरी भएको होला तर रकम फ्रिज गर्नुपनि भएर जिम्मेवार शिक्षक व्यावस्थापन समितिका पदाधिकारीले आफ्नै गोजीको पैसा हालेर भएपनि अर्को भवन बनाउछु भन्नभएको छ सायद आफ्नै तलवबाट भवन बनाउनुहुन्छ होला मिश्रले भन्नुभयो ।

यसवारेमा भवन निर्माण समितिका अध्यक्ष गायत्रीबहादुर कार्कीले आफु भवन निर्माण समितिको अध्यक्ष भएपनि रबर स्टाम मात्रै भएको बताउँनुभयो । विद्यालयका प्रअले यसअघि समेत राम्रो काम गर्दै आउनुभएकोले आफु समितिमा बसेको बताउँनुभयो आफुलाई कसले पैसा दिएको कस्तो भवन बनाउने ठेकेदार कोहो भन्ने वारेमा समेत केहि जानकारी नभएको भवन निर्माण समितिका अध्यक्ष कार्कीको भनाई छ । यस वारेमा विद्यालय व्यावस्थापन समितिका अध्यक्ष राजेन्द्र डाँगीले आफुहरुले पुरानो भवनमाथि विद्यालयको तला थप्नु गल्ती भएको स्वीकार गर्नुभयो दुई पाच लाख बचाएर विद्यालयको खातामा रमक राख्न खोजेको उल्टो समस्यामा परियो डाँगीले भन्नुभयो । यसवारेमा विद्यालयका प्रअ डम्बर फुुयाँलसग सम्पर्क गर्दा भवन निर्माणमा गल्ती भएको भन्दै अब बाकी काम इन्जिनियरको सल्लाहअनुसार गरिने बताउँनुभयो ।

विद्यालयले दह्रो जगहालेर नयाँ भवन बनाउनुपर्नेमा रड विनाको पुुरानो टिनको भवनमाथि अर्को तला थपेको थियो भने ढलान र बिममा समेत कमशल निर्माण गरिएको पाइएपछि यस क्षेत्रका सचेत स्थानीयले चर्को विरोध गर्दै हेल्लो सरकारमा समेत उजुरी हालेका थिए । कक्षा ५ सम्मको अनुुमति भएपनि हाल उक्त विद्यालयले निजि स्रोतबाटै कक्षा ९ सम्मको अध्यान गराउदै आएको थियो । उक्त विद्यालय यस अघि समेत पटक पटक जिल्ला प्रदेश र देशकै उत्कृष्ट विद्यालय घोषणा हुदै आएको थियो ।

प्रकाशित मिति: २०२२-०७-२२ , समय : २०:२०:२२ , २ वर्ष अगाडि

error: Content is protected !!